Advertisement
![]() |
काठमाडौँ । ट्याटुमा क्रेज हुादा ठाउाको मतलब खासै गरिादैन । अरूको नजर सीधा पर्ने ठाउामा खोप्न मन लाग्छ । खासगरी, ट्याटुप्रेमी टिनेजरमा यस्तो हुन्छ । तर, खास दुई ठाउामा ट्याटु नखोप्नु दीर्घकालसम्मका लागि फाइदा हुन्छ :
टिनेजरहरूको उद्देश्य हुन्छ, आफ्नो शरीरको ट्याटु अरूलाई देखाउनु । उनीहरू देखिने ठाउँमा ट्याटु खोप्न रुचि राख्छन्, तर भविष्यमा निम्तिन सक्ने असरबारे सोच्दैनन् । पछिसम्मको फाइदा हेर्ने हो भने हातको नाडीतिर ट्याटु नखोप्नु ठीक हुन्छ । जागिर खाने सिलसिलामा हातको ट्याटु घाँडो हुनसक्छ । प्रोफेसनल अफिसमा ट्याटु प्रदर्शन अस्वाभाविक मानिनसक्छ । र ट्याटु मेट्नुपर्ने निर्देशन आउनसक्छ ।
त्यतिखेर ट्याटु मेटाउने काम झन्झटिलो हुन्छ । यो काम ट्याटु खोप्नेभन्दा खर्चिलो हुन्छ भने पीडा बढी हुने र छालामा समस्या निम्तिने खतरा पनि रहन्छ । अधिकांश टिनेजर घाँटीमा ट्याटु खोप्न निकै इच्छा राख्छन् ।
अहिले यस्तो ट्रेन्ड बढ्दो छ । तर, यस्तो रहरले पछि जागिरकै सिलसिलामा असर गर्नसक्छ । घाँटीको ट्याटु छोप्न चाहेर पनि सकिँदैन । जागिरको सिलसिलामा अन्तर्वार्ताको वेला घाँटीको ट्याटुले व्यक्तिप्रतिको जजमेन्ट फरक गराइदिन सक्छ । घाँटी झनै संवेदनशील स्थान भएकाले ट्याटु मेट्न असहज हुन्छ । ट्याटु मेटेको स्थान पहिलेजस्तो हेर्दा राम्रो पनि देखिँदैन । ‘बर्न’ नै गरेर हटाउनुपर्ने भएकाले साइड इफेक्टसमेत हुन्छ ।
Advertisement
![]() |
Post a Comment