0
Advertisement

सफलता र असफलता आफ्नै मिहिनेतमा भर पर्ने कुरा हुन् । एकपटक असफल हुँदैमा कोही पनि चिन्तित हुनुपर्दैन । तर, असफलताका कारण डिप्रेसनसम्म हुन सक्छ । डिप्रेसनको कुनै निश्चित औषधि हुँदैन । डिप्रेसन भएकाहरूले आफैँलाई नियन्त्रण गर्ने प्रयास गर्नुपर्छ । आफैँले प्रयास गरे मात्र यसबाट छुटकारा पाउन सकिन्छ । तर, यो प्रयास पनि जादुको छडी होइन । आफैँले महसुस गरेर अगाडि बढ्ने प्रयास गर्नु नै यसबाट छुटकारा पाउने सबैभन्दा बलियो औषधि हो ।

त्यसका लागि सबैभन्दा पहिले आफ्नो क्षमता चिन्न सक्नुपर्छ । कतिपय आफ्नो क्षमता चिन्न नसकेर पनि असफल हुन्छन् । सबैभन्दा पहिले त पढ्ने मान्छेले विषयलाई सानो–सानो एकाइमा बाँडेर पढ्ने प्रयास गर्नुपर्छ, ‘भेग’ बनाएर पढ्नुहुँदैन । आफूलाई उपयुक्त हुने समयतालिका बनाएर पढ्नु बुद्धिमत्ता हुन्छ । गाह्रो लाग्ने विषय ऊर्जाशील समयमा पढ्नुपर्छ, अल्छी लाग्दा पढ्नुहुँदैन । बुझेर पढ्ने बानी विकास गर्नुपर्छ । सम्झने प्रयास पनि गर्नुपर्छ । सम्झनका लागि जुनसुकै समय पनि प्रयोग गर्न सकिन्छ । खाना खाँदा होस् या हिँडडुल गर्दा नै किन नहोस्, आफूलाई आवश्यक कुरा सम्झन सकिन्छ ।

त्यति मात्र होइन, आफैँलाई हौसला दिएर पुरस्कृत पनि गर्नुपर्छ । ऊर्जाका लागि मीठो खाना खाने, साथीसँग मनका कुरा गर्नुलाई उपहार मान्न सकिन्छ । साथीलाई योजना सुनाउँदा कार्यान्वयन गर्न सहज हुन्छ ।

अर्को महत्वपूर्ण कुरा के हो भने जीवनमा केही गर्छु भन्ने अठोट लिनुपर्छ । यस्तो अठोटले जीवनमा केही गर्न सहयोग पु¥याउँछ । अनि विद्यार्थीले सकारात्मक सोच पनि राख्नुपर्छ । रिसाउने, अनावश्यक सोच्ने गर्नुहुँदैन । डिप्रेसन कम गर्न गर्दनका नसालाई चिसो पानीले भिजाउनुपर्छ ।

त्यस्तै, ‘बोर’ भएमा ‘रिलिफ’का लागि कथा, कविता, जीवनी पढ्न, गीत–संगीत सुन्न सकिन्छ । तर, गीत बजाउँदै पढ्नुचाहिँ हुँदैन । त्यसले एकाग्रता हुन दिँदैन । आफूलाई मूल्यांकन गर्ने प्रयास गर्नु पनि फलदायी हुन्छ । यस्तो मूल्यांकनले सकारात्मक सोचको विकास गराउँछ । अनि जीवनमा केही गर्ने प्रेरणा मिल्छ । यो एउटा साइकल हो, चेनजस्तै घुमिरहन्छ

Advertisement

Post a Comment

 
Top