0
Advertisement

काठमाडौं, भदौ १३ – धुर्मुस सुन्तली फाउण्डेशनले नमूना वस्ती निर्माणमा सहयोग गर्न इच्छुकलाई श्रमदान गर्न आग्रह गरेको छ । पूर्व निर्धारित समयमा बस्ती निर्माण गरी भूकम्प पीडितलाई हस्तान्तरण गर्न फाउण्डेशनले श्रमदानको लागि सहयोग गर्न आग्रह गरेको हो । 

फाउण्डेशनले सिन्धुपाल्चोकको गिरान्चौरमा घटस्थापनाको अघिल्लो दिन वस्ती हस्तान्तरण गर्ने गरी काम गरिरहेको छ । तर वर्षाको समयमा बाटो बिग्रँदा समयमा नै काम सक्न कठिनाई भएकाले श्रमदानका लागि आग्रह गरिएको नमूना बस्ती निर्माणका संयोजक अर्जुन न्यौपानेले बताउनुभयो । 

उहाँका अनुसार नमूना बस्ती निर्माणमा अहिले दुईसय जना खटिएका छन् । वर्षाका कारण जुन गतिमा काम हुनुपर्ने हो त्यो गतिमा हुन नसकेकाले समयमा नै काम सकाउन श्रमदानको आवश्यकता परेको उहाँले बताउनुभयो ।मदान गर्न इच्छुक व्यक्तिले एक घण्टा, एक दिन, एक हप्ता वा जति दिन सक्नुहुन्छ त्यति दिन नै सहयोग गर्न सक्नु हुनेछ’ न्यौपानेले भन्नुभयो । 

सिन्धुपाल्चोकको  गिरान्चौरमा ३५ रोपनी क्षेत्रफलमा नमूना वस्ती बन्दै छ । नमूना बस्तीमा ६५ वटा घर, एउटा सामुदायिक भवन, तीनवटा पार्किङ तथा तीनवटै बाल उद्यान, एउटा खेल मैदान र रुख विरुवा रोप्नका लागि हरियाली क्षेत्र छुट्टाइएको छ । 

पाँच करोड रुपैयाँको लगानीमा नमूना वस्ती बनाउन लागिएको हो । आवश्यक रकम उठिसकेकाले ईच्छुक व्यक्तिले श्रमदान गर्न सक्ने धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । 

सिन्धुपाल्चोकको मेलम्ची नपुग्दै ५ किलोमिटर वर सिन्धुखोला भन्ने ठाउँबाट बायाँतर्फ ५ मिटरको दूरीमा बस्ती निर्माणको काम भइरहेको हो । ujyalo 90network

Advertisement

Post a Comment

 
Top