0
Advertisement

१५ भदौ, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्धि–सम्धिनी ढोगभेट जुरेको छ । पुत्र प्रकाश दाहालकी तेस्री पत्नी अर्थात तेस्री बुहारी बीना मगरका मतापितासँग प्रधानमन्त्री दाहालले आफ्नो निवास लाजिम्पाटमा ढोगभेट गरेका हुन् ।

वालुवाटारमा नसोचेको घटनाः प्रचण्डलाई पहिलो गासँमै ढुंगा

पुत्र प्रकाशका पहिलो ससुरा पार्टीमा आफ्ना सहयोद्धा भएकाले बिहे अगाडि नै दाहालसँग हजारौं पटक भेटघाट हुने गथ्र्यो ।

पहिलो बुहारीसँग छोराले सम्बन्ध विच्छेद गरेपछि दाहालले पुत्र प्रकाशको कास्कीकी सिर्जना त्रिपाठीसँग मागी बिवाह गरेका थिए । मागी विवाह गरेकाले दोस्री बुहारीका मातापितासँग भेट्न दाहाललाई लामो समय कुर्नु परेन ।

Prachanda Bina magar

तर, दोस्री पत्नी हुँदा हुँदै अर्काकी पत्नीलाई भगाएका कारण प्रधानमन्त्री दाहालको सम्धि सम्धिनी ढोगभेटको अवसर जुरेको थिएन । पुत्र प्रकाशसँग भागी बिवाह गरेकी बुहारी बीनाले सम्धि सम्धिनी भेटको अवसर जुराएको जन आस्था साप्ताहिकले समाचार छापेको छ ।

के प्रचण्डले मोदीसँग माफी मागेकै हुन् ?

‘संसदबाट प्रधानमन्त्री निर्वाचित भए लगत्तै डेरा बसिरहेका बाबु आमालाई बीनाले फोन गरेर लाजिम्पाट बोलाइन् र प्रचण्ड छिर्नासाथ फूलमाला सहित सम्धि सम्धिनी भेटघाट भयो । सम्धी भेटको फोटो उनले फसबुकमै अपलोड गरिन् । तर फोटो आधा घन्टा पनि टिक्न पाएन । जव फोटो हालिन् तव कम्मेन्टमा गाली बर्सिए– लाजमर्दो।’

आलोचना गर्नेहरुलाई प्रचण्ड पुत्र प्रकाशको जवाफ

प्रकाशले तेस्री पत्नी बीनाबाट पनि सन्तान लाभ गरिसकेका छन् ।

Advertisement

Post a Comment

 
Top