Advertisement
![]() |
सर्बसाधारण मानिसहरु मात्र नभई हामीले स्वास्थ्यका बारेमा भर पर्ने गरेको परम्पराबादी चिकित्सकहरु समेत रोगप्रतिरक्षा प्रणालीका बारेमा अलमलमा पर्ने गरेको पाइन्छ ।
धेरैजसो मानिसहरु रुघाखोकी निको पार्न तथा आफ्नो रोगप्रतिरक्षा क्षमतामा सुधार ल्याउनका लागि प्राकृतिक उपचार बिधिलाई बेवास्ता गर्दै सिन्थेटिक भिटामीनहरु र आधुनिक औषधीमा भर पर्छन् । तर रोग भने बेलाबेलामा बल्झिने गर्छ र यसले सताइनै रहेको हुन्छ ।
रोगप्रतिरक्षा प्रणालीसँग सम्झौता गर्ने मानिसहरुका लागि, प्राकृतिक उपायहरु प्रसस्त छन्, र अनुसन्धानकर्ताहरुले रोगप्रतिरक्षालाई पुर्नताजगि बनउनका लागि अचुक उपाय पत्तो लगाएका छन् । यो उपचार बिधि निशुल्क तथा बृद्धबृद्धाहरुका लागि पनि उतिकै लाभदायक छ ।
तीन दिनमा रोगप्रतिरक्षा प्रणालीलाई पुर्नताजगी बनाउनका सकिन्छ :
यूनिभर्सिटी अफ साउथ क्यालिफोर्निया अनुसन्धानकर्ताहरुका अनुसार, तीन दिन भोकै ९ब्रत० बस्नाले संपूर्ण रोगप्रतिरक्षा प्रणालीलाई पुनर्ताजगीमा ल्याउन सकिन्छ । यो प्रक्रिया बृद्धबृद्धाहरुका लागि पनि उत्तिकै लाभदायक साबित हुनसक्छ ।
अनुसन्धानकर्ताहरुका अनुसार ब्रत तथा भोकै बस्नालो शरीरको स्टेम सेलहरुलाई सहयोग पुर्याउनुका साथै यसले नयाँ सेतो रक्त कोशिकाहरु उत्पादन गर्छ जसका कारण शरीरमा संक्रमण हुन पाउँदैन ।
बिशेषगरि रोगप्रतिरक्षा प्रणाली खराव हुनेहरु, केमियो थेरापीको सहयोग लिइरहेका बिरामीहरुलाई पनि यो भोकै बस्ने बिधि लाभदायक भएको जानकारी यी अनुसन्धान कर्ताहरुले बताएका छन् ।
अनुसन्धानकर्ताहरुले सुझाएअनुसार यो तीन दिन सम्म भोकै बस्नाले बृद्धबृद्धाहरु लगायत सबैको संपुर्ण रोगप्रतिरक्षा प्रणालीलाई पुर्नताजगी गराउन सकिन्छ ।
यूनिभर्सिटी अफ साउथर्न क्यालिफोर्नियाका जेरोन्टोलोजी तथा बायोलोजिकल साइन्सेजका प्रोफेसर भालटर लोङगोले यूकेको द टेलिग्राफलाई बताए अनुसार, ’ब्रत बस्नाले स्टेम सेलहरुलाई फाइदा मिल्छ र संपुर्ण रोग प्रतिरक्षा प्रणालीको पुनर्निमाण तिब्र गतिमा हुन्छ’।
उनले अझै के पनि भनेका छन् भने भोकै बस्नाले शरीरका कतिपय खराव भएको अंगहरुलाई नयाँ रोगप्रतिरक्षा प्रणालीले सक्रिय पार्नका लागि सक्दो सहयोग पुर्याउँछ ।
डा. लोङगोका अनुसार भोकै बसेका बेला मानिसको मरेको तथा खराव भएको स्टेमहरुमा पनि रोगप्रतिरक्षा कोशिकाहरु सक्रिय भई शक्ति प्रदान गर्छ र यिनिहरु पुनसक्रिय हुन पुग्छ ।
यो अध्ययनताका सहभागीहरुलाई नियमित रुपमा २-४ हप्ताकोे बिचमा ६ महिना भन्दा बढी अबधी सम्म भोकै बस्न लगाइएको थियो । यो अध्ययन जुनमा प्रकाशित भएको थियो र डा. लोङगोका अनुसार अनुसन्धान अति भरपर्दो साबित भएको छ ।
Advertisement
![]() |
Post a Comment