0
Advertisement
नेपालीको ठूलो चाडवाड नजिकिदैछ । पक्का छ , निरन्तर हुँदै आएको अनुगमनले अझ थप तीब्रता पाउनेछ । चाडवाड पाएसम्म कस्ने र कमाउने अवसर पनि हो । मौकामा चौका हान्न अनुगमनले झनै अवसर जुटाइदिनेछ नै । अनुगमनमा भेटिएको वेथिति र अनियमिता कसरी लुक्दै र छिप्दैछन भन्ने बुझ्न गाह«ो नबनेको बेला चाडवाडमा यस्को नाटक मञ्चन झनै रमाइलो बन्ने निश्चित छ ।
सरकारले बजार अनुगमनलाई बिशेष अभियान अन्र्तगत तीब्र बनाएपनि कारबाही न प्रभावकारी बनेको देखिन्छ नत बजारको वेथिति नै बढारिएको छ । माथिको दबाव, पर्याप्त प्रमाणको अभाव, भित्रिरुपमा मिलाउने चलखेल कारण अनुगमनका क्रममा सिलवन्दी गरिएका पसलहरु पनि धमाधमा खुल्दै छन् । कानुनमा भएको त्रुटि र कमजोरी देखाउदै सरकारी अधिकारी र व्यापारी लगायत विचौलियाको मिलोमतोमा अनुगमन कसरी फितलो बन्दै गएको छ भन्ने बुझ्न कतै गइरहनु पर्दैन अब । आपुर्ति मन्त्रालयको सक्रियता र आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित सरक्षण विभागले गरेको बिशेष अनुगमनमा अभियान अन्र्तगत साउन ३१ गतेयता करिब ३ सय व्यवसायीक फर्ममा अनुगमन गरी ४५ फर्म शिलबन्दी गरिएको थियो । त्यसक्रममा साउन १३ गते सम्म आइपुग्दा करिव १४ व्यवसायी फर्मको सिलबन्दी फुकुवा भएको छ । यसरी कारवाही अगाडि नबढाई सिलबन्दी फुकुवा गर्नुमा कानुनमा भएको त्रुटि, व्यवसायी तथा कर्मचारीको मिलोमतो प्रमुख देखिएको उपभोक्ताकर्मीको आरोप छ ।
कतिपय पसल तथा व्यवसायिक फर्ममाथि लगाइएको सिलवन्दी व्यापारीले नै तोडेको समेत पाइएको छ । अनुगमनपछि बजारमा उपभोक्ता ठगिने र लुटिने श्रृंखला यथावत रहनुले पनि अनुगमन टोलीमाथि नै अनुगमन गर्नुपर्ने अवस्था उत्पन्न भएको छ ।
Advertisement

Post a Comment

 
Top