Advertisement
![]() |
-वर्षातको समयमा बाहिर निस्कँदा सबैभन्दा पहिला मोबाइललाई प्लास्टिक ब्याग वा पोलेथिनमा बेरेर राख्दा पनि हुन्छ ।
-रेनकोटमा लगाएको छु भनेर ढुक्क हुनुहुँदैन । कतिपय अवस्थामा पानी छिर्न पनि सक्छ। मोबाइलमा पानी छिरेको थाहा भएमा तुरुन्त मोबाइल स्विचअफ गर्नुपर्छ । मोबाइल अफ गरेपछि सबैभन्दा पहिले ब्याट्री निकाल्नुपर्छ । ब्याट्री ननिकालेमा त्यहाँ भएको करेन्टले मोबाइल सर्ट हुने सम्भावना हुन्छ ।नयाँ पत्रिकामा खबर छापिएको छ ।
-मोबाइल खोल्न आउँछ र आफूसँग त्यस्तो साधन छ भने तुरुन्त खोल्नुपर्छ । त्यसलाई सुक्खा गर्न हेयर ड्राइयर प्रयोग गर्नुपर्छ । बाहिरी भाग मात्र पुछेर हुँदैन । भिजेको मोबाइललाई घाममा ठाडो पारेर सुकाउनुपर्छ । यसो गर्दा मोबाइलको भित्री भागमा भएको पानी बगेर झर्न सक्छ ।
-अहिले कतिपय ब्याट्री ननिस्कने मोडल पनि बजारमा आएका छन् । यस्तो मोबाइलमा पानी पसेमा भने तुरुन्त प्राविधिककहाँ बनाउन लानुपर्छ । अन्यथा, बिग्रने सम्भावना अत्यधिक हुन्छ ।
-कुनै कारण पानीमा भिज्नैपर्ने अवस्था आएमा मोबाइलको ब्याट्री निकाल्नु उपयुक्त हुन्छ । पानी सुकाएपछि ब्याट्री हालेर अन नभएमा धेरैले चार्जरमा जोडेर अन गर्न खोज्छन् । तर, मोबाइलमा पानीको मात्रा रहेको छ भने मोबाइल पूरै सर्ट भएर काम नलाग्ने हुन सक्छ ।
-भिजेको मोबाइलमा पानी बाँकी छ–छैन भनेर थाहा पाउन सम्बन्धित प्राविधिककहाँ लानु नै उत्तम हुन्छ ।कतिपयले चामलले पानी सोस्छ भनेर भिजेको मोबाइल चामलमा राख्ने गरेको पनि सुनिन्छ । तर, चामलले बाहिरी भागको पानी सोसे पनि भित्री भागमा रहेको पानी सोस्न सक्दैन ।
-कतिपय अवस्थामा घाममा सुकाउँदा वा अन्य विकल्प प्रयोग गर्दा तत्कालका लागि मोबाइल सञ्चालनमा आउन सक्छ । तर, पानीसँग रियाक्सन भएर भित्र भएका कम्पोनेन्टमा खिया लाग्न सुरु हुन सक्छ । यस्तो समस्या समाधान गर्न प्राविधिकलाई देखाउनैपर्ने हुन्छ ।
Advertisement
![]() |
Post a Comment