0
Advertisement

काठमाडौँ, ४ भदौ - गत ११ वैशाखमा दरबारमार्गमा दुई ट्याक्सी चालक पाँच युवतीसहित पक्राउ परे।
दरबारमार्ग र कमलादी क्षेत्रमा ट्याक्सीमा युवती राखेर घुमिरहने चालक गणेश मगर र आइते लामालाई प्रहरीले पक्राउ गरेको थियो। ट्याक्सी चालकको आवरणमा उनीहरूको खास पेसा भने यौनकर्मीै युवतीलाई ग्राहक मिलाउनु हो। त्यसकारण युवतीहरू ट्याक्सीमा लिएर उनीहरू ग्राहक खोज्दै हिडेका थिए। केही दिनअघि उनीहरूले एक युवकलाई धेरै पैसा लिएर ठगी गरेको उजुरीका आधारमा प्रहरीले पिछा गरी उनीहरूलाई पक्राउ गरेको थियो।
उनीहरू यौनधन्दामा लागेका युवतीलाई ग्राहक मिलाउने र केटी खोज्नेलाई त्यस्ता केटी मिलाएर कमिसन खाने गरेका रहेछन्, महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी कृष्ण पल्ली मगरले भने।
राजधानीमा धेरै ट्याक्सी चालक यस्तै केटी मिलाउने दलालका रूपमा कार्यरत छन्। गत महिना क्यानडाबाट यौन पार्टनर खोज्दै ठमेल गएका भक्तपुरका मिराज गौतम (नाम परिवर्तन)लाई नायिका मिलाइदिने भन्दै बेहोस बनाएर लुट्ने घटनामा पनि ट्याक्सी चालकको संलग्नता खुलेको थियो। ट्याक्सी चालक अनिल तामाङले गौतमलाई गौशालाको एक लजमा पुर्याएर मदिरामा बेहोस हुने औषधि मिसाएर खुवाई लुटेका हुन्।
ट्याक्सी चालकहरूले यस्तो कामबाट महिनामा ३-४ लाख कमाउाछन् भन्ने सुनिन्छ, महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी सोमेन्द्रसिंह राठौर भन्छन्, कतिपय ट्याक्सी चालक यौनकर्मी मिलाउनदेखि लुटपाटमा समेत पक्राउ परेका छन्। आजको नयाँ पत्रिका दैनिक मा खबर छ।


Advertisement

Post a Comment

 
Top