Advertisement
![]() |
एजेन्सी । फेसबुक म्यासेन्जरले आफ्नो एपमा नयाँ फिचर अपडेट गरेको छ । अब म्यासेन्जरबाट कन्फ्रेन्स कल गर्न पाइने सुविधा थपिएका छन्। यो सुविधा एन्ड्रोइड र आईओएसमा पनि उपलब्ध हुने अन्तरािष्ट्रय संचार संस्थाहरुले उल्लेख गरेका छन् । यो अपडेटेड सुविधाबाट अब तपाईले ५० जना मानिससँग यासेन्जरबाट नै कल गरेर कुरा गर्न सक्नुहुनेछ । फेसबुकका प्रमुख डेविड मार्कसका अनुसार अबको केही समयमा नै यो सुविधा लिन पाइने भएको छ ।
प्रयोग गर्ने तरिका यो फिचरलाई प्रयोग गर्न सबैभन्दा पहिला फेसबुक म्यासेनजरलाई अपडेट गर्नुपर्नेछ। त्यसपछि फोनको सबैभन्दा माथि दाहिने तर्फ तपाईले एउटा आइकन देख्न सक्नुहुनेछ । त्यहीँ ग्रुपका साथमा डिटेलको एउटा अप्शनलाई छान्नुहोस् । अनि ग्रुप कलका लागी एउटा अप्सन आउँछ । यसबाट नै कन्फ्रेन्स कल गर्न सकिन्छ । यो फिचर प्रयोगमा आएपछि अहिलेको प्रयोग गर्ने तरिकामा पुरै परिवर्तन आउने फेसबुकका प्रमुख मार्कसले बताएका छन् ।
Advertisement
![]() |
Post a Comment