0
Advertisement
काठमाडौं, १३ भदौ । आफूले आर्थिक सहयोगको प्याकेज घोषणा गरेको पाकिस्तानको बलुचिस्तान क्षेत्रमा भारतले दख्खल दिन खोजेको भन्दै चीन रुष्ट बनेको छ ।
भारत प्रशासित काश्मिरमा स्वतन्त्रताको माग राख्दै हिंसा भड्किरहेका बेला केही दिन पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलुचिस्तानलाई पाकिस्तानबाट टुक्राउने शक्तिलाई उक्साउनेगरी अभिब्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिपछि चीनले कडा प्रतिक्रिया जनाएको छ ।
चीनका एक बरिष्ठ विशेषज्ञले पाकिस्तानलाई चीनले दिएको सहयोगमा भारतले भाँजो हाल्न खोजे दुई देश मिलेर संयुक्त कदम चाल्ने चेतावनी दिएका छन् । चीनले बलुचिस्तान केन्द्र भएको पाकिस्तान आर्थिक करिडोरका लागि ४६ अर्व अमेरिकी डलर लगानी गरेको छ । यो सहयोग प्याकेजमा भारतबाट अवरोध भए मिलेर कदम चाल्ने चीन र पाकिस्तानको तयारी छ ।
दक्षिण एशिया विशेषज्ञ हू शिशेङले भारतीय सञ्चार माध्यम पिटीआइसँग कुरा गर्दै पाकिस्तान चीन सम्बन्धमा भाँजो हाल्ने काम भारतले गर्न नहुने सुझाएका छन् ।
भारतीय स्वत्नत्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलुचिस्तानमा मानव अधिकारको खराब अवस्थाबारे चिन्ता ब्यक्त गरेका थिए । चीनले लगानी बढाएको क्षेत्रको नकारात्मक मुद्धा उचाल्न खोजेको भन्दै चीन भारतसँग रुष्ट बनेको हो ।
Advertisement

Post a Comment

 
Top