Advertisement
![]() |
भाद्र, काठमाडौं । सगरमाथा आरोहण गरेको झुठो दाबी गर्ने भारतको पुणे सहरका एक प्रहरी दम्पत्तिलाई नेपालमा १० वर्ष प्रतिबन्ध लगाइएको छ। गत मे २३ मा सगरमाथाको सफल आरोहण गरेको भनेर ती दम्पत्तिले दाबी गरे पनि उक्त दाबी झुठो भएको पुष्टि भएको छ ।
पुणे प्रहरीमा कन्सटेबल रहेका ३० वर्षीय दिनेश र तार्केश्वरी राठौरले गत जुन ५ मा पत्रकार सम्मेलनको आयोजना गरेर आफूहरुले सफलतापूर्वक सगरमाथाको आरोहरण गरेको र यसो गर्ने आफूहरु पहिलो भारतीय दम्पत्ति भएको दाबी गरेका थिए । उनीहरु पुणे प्रहरीको शिवाजीनगर प्रहरी हेडक्वाटरमा कार्यरत छन् ।
पुणे प्रहरीका कमिस्नर रश्मी शुक्लाले इन्डियन एक्सप्रेससँग कुरा गर्दै नेपाल सरकारले उनीहरुलाई १० वर्षका लागि नेपाल प्रवेशमा रोक लगाइएको पुष्टि गरेकी छिन् । नेपाली अधिकारीहरुले यसबारेमा पुणे प्रहरीलाई पत्र पठाएको उनले बताएकी छिन् ।
इन्डियन एक्सप्रेसका अनुसार उनीहरु पक्राउ नपरे पनि उनीहरुको घटुवा वा बढुवा रोक्का हुन सक्ने बताएका छन् ।
के थियो मामिला ?
दिनेश राठौर र तार्केश्वेरी राठौर दम्पत्तीले २३ मेमा सगरमाथा आरोहण गरेको दाबी गरेको थियो । तर केही सगरमाथा आरोहीहरुले उनीहरुको दाबी झुठो रहेको भन्दै उनीहरु सगरमाथाको चुचुरोमा नपुगेको आरोप लगाएका थिए । राठौर जोडीले सगरमाथाको टुप्पोमा खिचेको भनिएको तस्विर फोटोसपबाट बनाइएको उनीहरुको दाबी थियो ।
यता तार्केश्वरीले आफ्ना श्रीमान्सँग सगरमाथाको चुचुरोमै पुगेको बताएकी थिइन् । २३ मेमा सगरमाथा आरोण गरे पनि राठौरले जून ५ मा पत्रकार सम्मेलन गर्दै सगरमाथा पुग्ने सपना साकार भएको बताएका थिए ।
तर, पुणेका एक आरोही सुरेन्द्र सिल्केले उनीहरुको दाबीमाथि प्रश्न उठाए । उनी उनीहरुले सगरमाथा चढेको मान्न तयार थिएनन् । सुरेन्द्र पनि यस सिजनमा सगरमाथा आरोहण गर्नका लागि आएको भारतीय टोलीका एक सदस्य थिए । उनका अनुसार यो जोडीले आधार शिविरमा खिचेको तस्विरमा छुट्टै कपडा तथा चुचुरोमा खिचेको तस्विरमा छुट्टै कपडा लगाएका थिए ।
उनीहरुले सगरमाथा चढेको नभएर अरुले चढेको तस्विरलाई फोटोसप गरेर आफ्नो अनुसार राखेको उनको दाबी थियो । यस्तो मामिला सार्वजनिक भएपछि नेपाल सरकार र भारत प्रहरीले दुवैले अनुसन्धान शुरु गरेको थियो ।
नेपालीको पनि बदमासी
उनीहरुको बदमासीमा नेपाली ट्राभल एण्ड टुर कम्पनीले पनि साथ दिएको थियो । मकालु एडभेन्चर नामक कम्पनीले उनीहरुको सगरमाथा आरोहणको व्यवस्थापन गरेको थियो । त्यही कम्पनीले नै नक्कली तस्विर बनाएको थियो भने त्यसलाई आफ्नो वेभसाइटमा पनि राखेको थियो । विवाद बढेपछि भने उक्त तस्विर उनीहरुले वेभसाइटबाट हटाएका थिए ।
कम्पनीका मोहन लम्सालले भने उक्त अरोपको खण्डन गरेका थिए । उनले भनेका थिए, ‘उनीहरुलाई हाम्रो कम्पनीमा वर्षौदेखी काम गरिरहेका शेर्पाहरुले चुचुरोसम्म लगेका हुन् । उनीहरु मे २३ मै सगरमाथा आरोहण गर्न सफल भए ।’ लम्सालले अनुसार तार्केश्वरी राठौरलाई फर्कने क्रममा निमोनियासमेत भएको थियो । एक सातासम्म उपचार गराएपछि मात्रै उनले भारत फर्किएर आरोहण सफल भएको घोषणा गरेकी थिइन् ।
Advertisement
![]() |
Post a Comment