Advertisement
![]() |
विवाह गरेर भित्र्याएपछि स्वभाविक रुपमा श्रीमान र श्रीमति भएपछि एक आपसमा मनका कुरा साट्ने गर्छन । तर बेहुली आफ्नो श्रीमानसँग बोल्न त परै जाओस नजिक हुन पनि चाहिनन् । तीन दिन सामान्य कुरा पनि भईकन वित्यो । संस्कार अनुसार तीनदिन दिनमा दुलहन फर्काउनको लागि ससुराली गए । सँगै घर लिएर आउनु पर्ने श्रीमतीलाई उनले घरमै छोडेर आए । ससुरालीमा सासु ससुराले छोरी विरामी छ छोडेर जानु भनेपछि केसी एक्लै घर फर्किए । १६ दिनमा पुनः दुलहन फर्काउनको लागि ससुरा बुहारी लिन आए । तर माइती पक्षले ज्वाइँलाई पठाउन आग्रह गरेपछि श्रीमती
लिन माइला नै बेथान आए ।
उनले श्रीमतीलाई हेर निकै उदास देखे । सोचे, विरामी भएर होला । नभन्दै सासु ससुराले केसीलाई छोरी विरामी छ किटनीको अप्रेसन गरेर ल्याएको राम्रोसँग ख्याल गर्नुहोला ? उनी कडकिए, किन तपाईहरुले गरेको मै गरी हाल्थे नि फेरी मलाई खबर पनि गर्नुुभएन ? उनले केही गडबढ भएको अनुमान गरेपनि श्रीमतिलाई आफ्नो घर मैरे लिएर गए । विवाह गरेपछि श्रीमान र श्रीमतीको बीचमा भविष्यको योजना बनाउने विषयमा कुरा हुन्छ ।
केसीले कुरा गर्दा पनि खडकाले कुनै जवाफ नै फर्काइनन् । उनले सोचेछन, नयाँ भएर लाज मानेको होला । घर लगेको रात पनि श्रमती उनीसँगसँग बस्न मानिनन् । खडकाले के भयो भनेर सोध्दा उनले आफू रजस्वला भएको बताइछिन् । केही दिन यसरी नै वित्यो । तर श्रीमानलाई उनी रजश्वाले विरामी भएकामा शंका लाग्न थाल्यो ।
श्रीमान माइला केसीले भने, धेरै सम्झाए धेरै बुझाए तर केही बोल्न मानिनन्, नबोलेपछि दुई तीन झाप्पु लगाएपछि आफूले गर्भ फालेर आएको स्वीकार गरिन ।’ किन विवाह गर्नुभन्दा अगाडि यस्तो कुरा नभनेको त भनेर प्रश्न गर्दा उनले बुबा आमाले जबरजस्ती विवाद गरेको बताइन्, उनले भने । जब श्रीमतीले आफनै दाईसँगको यौन सम्पर्कबाट गर्भ रहन गएको समेत खुलासा गरिन् । त्यसपछि मलाई उनको अनुहार पनि हेर्न मन लागेन केसीले भने,‘घर सल्लाह गरेर त्यही रात माइत पुर्याइदिएँ ।’
गाउँलेद्वारा गाउँ निकाला गर्ने निर्णय
हाडनाता करणी अन्तर्गत गर्भ रहन गएको थाहा पाएपछि गाउँहरुको भेलाले सपना खडका र राधेश्याम खड्कालाई गाउँ निकाला गर्ने निर्णय गरेका छन् । सपना खडका र राधेश्याम खडका नातामा आफ्नै दाजुभाईका छोराछोरी (दाजु र बहिनी) हुन्
Advertisement
![]() |
Post a Comment