Advertisement
![]() |
महिलातर्फ १३, आदिवासी जनजातितर्फ २२, मधेसी १९, दलित १०, पिछडिएको क्षेत्र ३ र खुलातर्फ ८३ जना गरी १५० अधिकृतका लागि दरखास्त आव्हान गरिएको विभागले जनाएको छ ।
भदौ १५ गते बुधबारदेखि असोज १३ गतेसम्म दरखास्त दिन सकिनेछ । छुटेकाहरुले भने दोब्बर दस्तुर तिरेर समय सकिएको एकहप्ता पछि सम्म दरखास्त दिन सक्नेछन् । दरखास्त सेनाको वेब साइट WWW.nepalarmy.mil.np बाट भर्न सकिनेछ ।
भर्ना केन्द्र
भर्ना छनौट निर्देशनालय, जंगी अड्डा, भद्रकाली ।पूर्वी पृतना हेडक्वाटर ईटहरी ब्यारेक सुनसरी ।मध्य पृतना हेड क्वाटर सुपारेटार ब्यारेक हेटौडा ।पश्चिम पृतना हेड क्वाटर विजयपुर ब्यारेक पोखरा ।पश्चिम पृतना हेड क्वाटर निमारे ब्यारेक, सुर्खेत ।सुदूरपश्चिम पृतना हेड क्वाटर राजपुर ब्यारेक दिपायल ।
दरखास्त दस्तुर
विभागका अनुसार सबै उम्मेद्वारले खुलातर्फ अनिवार्य रुपले फारम भर्नु पर्दछ । फारमको दस्तुर एक हजार रुपैयाँ बुझाउनु पर्दछ । यदी कुनै उम्मेदवारले समावेशीतर्फ दरखास्त दिन ईच्छुक भए त्यस बापत हरेक समूहको लागि थप २० प्रतिशतका दरले दस्तुर लाग्छ ।
शैक्षिक योग्यता
१। प्रमाणपत्र तह वा सो सरह स्नातक तह वा सो सरह उत्तीर्ण गरेका
२। बिदेशमा एसएलसी वा प्रमाणपत्र तहको परीक्षा उत्तीर्ण गर्नेको हकमा अनिवार्य गणित विषय लिएको हुनुपर्नेछ ।
Advertisement
![]() |
Post a Comment