Advertisement
![]() |
लुना लर्बराएको स्वरमा भनिरहेका छन् , ‘ उनीहरूले ठानेकि म मरेँ तर म त हिँडिरहेँ, हिँडि नै रहेँ ’
तर गत फेबु्रअरी २४ तारिखका दिन मृतक भनिएका लुनाको परिवारमा प्रहरीबाट अर्को फोन आयो । प्रहरीले भन्यो–लुना जिउँदै भेटिएका छन् ।
उता प्रहरीले अस्पताल लगेका लुना बुढा पनि राति ३ बजे अस्पतालमा लगाइदिएकै गाउन र चप्पलमा घर फर्के । उनले टन्न रक्सी पिएका थिए र निधारमा समेत ब्यान्डेज लगाइएको थियो । सम्भवतः २ महिना लामो यात्राका दौरान उनको शरीरमा केही चोट लागेको थियो ।
लुना र उनको परिवारसँगको ‘पुर्नमिलन’को भिडियो अहिले मेक्सिकोमा भाइरल भएको छ जसमा लुना लर्बराएको स्वरमा भनिरहेका छन् , ‘ उनीहरूले ठानेकि म मरेँ तर म त हिँडिरहेँ, हिँडि नै रहेँ ।’
लुनाको छोरीले मिडियासँग भनिन्, ‘पुलिसले हाम्रो बालाई भेटेको भन्दा त हामीले त पत्याउनै सकेनौँ ।’ यसअघि लुना भनेर जलाइएको व्यक्ति को थिए, अहिलेसम्म प्रस्ट भएको छैन । कानुनी रूपमा लुना मृतक भनेर उल्लेख गरिसकिएका कारण लुनाको परिवार फेरि एक पटक चिन्तामा फसको छ । कसरी लुनालाई कानुनी रूपमा जिउँदो बनाउने भनेर ।- लोकान्तर डटकम
Advertisement
![]() |
Post a Comment