Advertisement
![]() |
करेला हिजोआज धेरैले मन पराउने गर्दछन्। कारण करेला स्वादमा जति तितो हुन्छ यसका फाईदा पनि त्यति नै धेरै छन्। करेललाई बिभिन्न स्वादमा तरकारी वा अचार बनाएर सेवन गर्न सकिन्छ। करेलाका मुख्य गुणहरुमा यसमा करेला एन्टिअक्सिडेन्ट र भिटामिनले भरिपूर्ण हुन्छ।
करेलामा भिटामिन ए, भिटामिन बि १, भिटामिन बी २, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस पाइन्छ। करेलाले स्वास्थ्यमा गर्ने १० फाइदा निम्न छन्।
१- श्वासप्रश्वासका लागि फाईदा : ताजा करेला दम, रुघाखोकीजस्ता श्वासप्रश्वासको समस्यामा लाभदायी मानिन्छ किनकी यसले श्वासप्रश्वासमा फाइदा पुराउँदछ।
२- लिभरका लागि फाईदा : दैनिक एक गिलास करेलाको जुसले कलेजोको समस्या समाधान हुन्छ। स्वास्थ्यमा परिवर्तन आएको हेर्न कम्तीमा पनि एक साता करेलाको जुस पिउनैपर्ने हुन्छ।
३- रोग प्रतिरोधक क्षमतामा वृद्धि : पानीमा उमालेको करेलाको पात दिनहुँ खानाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ।
४- डण्डीफोरमा हटाउनका लागि : करेलाको सेवनले डण्डीफोर, दागलगायतका छालाको संक्रमण हटाउनुका साथै रगतमा भएको अनियमितता हटाउछ। कागती मिसाएको करेलाको जुस ६ महिनासम्म खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउछ।
५- मधुमेहको रोगीका लागि लाभ : करेलाको जुसले टाइप टु मधुमेहलाई सबैभन्दा बढी लाभ मिल्छ। चिनिया र भारतीय प्राचिन चिकित्सा पद्दतिमा करेला लामोसमयदेखि प्रयोग हुँदैं आएको विश्वास गरिन्छ। हालै भएका अनुसन्धानले पनि यसलाई पुष्टि गरेको छ। इन्सुलिनको अभाव वा विकासका प्रतिरोधकका कारण कोषहरुले रगतबाट सुगरको मात्रा लिन असफल भएमा टाइप टु मधुमेह लाग्छ। दुवै अवस्थामा कोषहरु सुगर लिन असमर्थ रहन्छन्। किनासे नामका प्रोटिन सक्रिय नहुँदा कोषले सुगर लिन नसक्ने भएकाले करेलाले किनासेहरुलाई सक्रिय बनाउछन्। करेलामा रहेका केही रासायनिक तत्वहरुले पनि इन्सुलिनको जस्तै काम गर्छन्, जसले रगतमा सुगरको मात्रा कम गर्न मद्दत गर्छन्।
५- कब्जियत हटाउन मद्धत : करेलामा भएका फाइबरहरुले खाना पचाउन मद्दत गर्छन्। यसले गर्दा कब्जियतको समस्या पनि हट्छ।
६- छालाको समस्या समाधान : करेलाको नियमित सेवनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित बनाउन मद्दत गर्छ। छालाका रोग तथा संक्रमण हटाउछ। यसमा भएको भिटामिन सिले चाउरीपना हटाउछ।
७- मिर्गौला र ब्लाडरलाई स्वस्थ राख्छ : यसले कलेजो र ब्लाडरलाई स्वस्थ बनाउन मद्दत गर्छ। यसका साथै मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ।
८- मुटु रोगीका लागि लाभदायी : करेला मुटुको समस्याका लागि पनि लाभदायी मानिन्छ। यसले शरीरमा भएको खराब कोलेष्टेरोल हटाई हृदयाघात हुने सम्भावना कम गर्छ। यसले रगतमा चिनीकोमात्र घटाई मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ।
९- तौल घटाउन सहयोगी : यसमा भएका एन्टिअक्सिडेन्टले शरीरलाई स्वस्थ राख्छ। यसले मेटाबोलिजम र पाचन प्रणालीलाई सुधार गर्ने भएकाले चाँडो चाँडो तौल घटाउन यसले मद्दत गर्छ।
Advertisement
![]() |
Post a Comment