Advertisement
![]() |
१३ भदौ। काठमाडौं—पूर्व युवराज्ञी हिमानी शाह सधैंजसो चर्चामा रहन्छिन् । कहिले पुजाआजा त कहिले सामाजिक क्रियाकलापका कारण उनी चर्चामा रहने गरेकी छिन् ।
सुन्दरता र शालिन स्वभावका कारण विवादमा नपरेकी हिमानीले गत २२ अगष्ट अर्थात ६ भाद्रा चतुर्थीकाका दिन दक्षिणकाली मन्दिरमा पुजाआजा गर्न पुगेकी थिइन । पति पूर्व युवराज पारस शाह थाइल्याण्डबाट फर्केपछि हिमानीसँग मिल्ती नभएको चर्चाका बीच हिमानी सार्वजनिक रुपमा उति देखिएकी छैनन् ।
तर, उनी २२ अगष्टका सोमबारका दिन सुटुक्क दक्षिणकाली मन्दिरमा पुगिन । उनी त्यहाँ पुगेर पुजाअर्चना गरिरहेका केही तस्विर सार्वजनिक भएपछिमात्र उनी पुजा गर्न दक्षिणकाली पुगेको खबर सार्वजनिक भएको हो ।
रातो सारीमा ठाँटिएकी हिमानीले दक्षिणकालीमा विधिपूर्वक पुजाआजा गरिन् । पूर्वयुराज्ञी शाहले दक्षिणकालीसँगै रहेका गोपालेश्वर महादेव र शेषनारायणको मन्दिरमा पनि उनले पुजाआजा गरेकी थिइन । उनी पुजाआजा सकेर त्यहाँबाट फर्किएकी थिइन ।
४० वर्षीय हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुन् ।- नेपालीपत्र डटकम
Advertisement
![]() |
Post a Comment