0
Advertisement
भाद्र १४, एजेन्सी । अस्पतालबाट ‘रिफर’ गरिदिएपछि अस्पताल बाहिर एम्बुलेन्स कुर्दाकुर्दै एक महिलाको ज्यान गएको छ । भारतको राजस्थानमा माधुरी शर्मा नाम गरेकी एक महिलाको एम्बुलेन्स कुर्दाकुर्दै ज्यान गएको हो ।


उनको अचानक स्वास्थ्यमा समस्या आएपछि उनका पतिले उनलाई अस्पताल लिएर गएका थिए । भर्ना गरिएको अस्पतालमा उपचार सम्भव नभएपछि विरामीलाई अन्यत्र ‘रिफर’ गरिएको थियो । यी दुई दम्पति अस्पताल बाहिर कुर्सीमा बसी साँढे २ घन्टासम्म एम्बुलेन्सको प्रतिक्षा गरिरहे । तर, एम्बुलेन्स आइपुगेन । कुर्दाकुर्दै उनीकी पत्नी व्यहोस् भएपछि उनी डाक्टरलाई बोलाउन गए । डाक्टरबाट उनले सकारात्मक प्रतिक्रिया पाएनन् । अन्ततः उनको पत्नीको त्यही मृत्यु भयो ।

एक अन्तराष्ट्रिय समाचार संस्थाका अनुसार मृतकका पति पत्नीको मृत्यु भइसकेपछि पनि धेरैबेर एम्बुलेन्सको प्रतिक्षा गरिरहे । अन्ततः उनी आक्रोशित भइ अस्पतालमा पसि हंगामा गर्न थाले । डाक्टरहरुको भागभाग भयो । स्थिति असामान्य भएपछि अस्पताल प्रशासनले प्रहरीको सहयोग लिएको जनाइएको छ।

एजेन्सीको सहयोगमा
Advertisement

Post a Comment

 
Top