|
Advertisement
|
एजेन्सी । सलमान खान र ऐश्वर्या राय बलिउडमा सबैभन्दा बढि चर्चा गरिएका पूर्व प्रेमी जोडी हुन् । उनीहरुबीच लामो समय सम्म प्रेम सम्बन्ध थियो । हालै मात्र एक अन्तर्वार्तामा सलमानको विषयमा प्रश्न सोधेपछि ऐश्वर्या भड्किएकी थिइन् । ऐश्वर्या र सलमानबीचको प्रेम सम्बन्ध सलमानका कारण टुटेको थियो । फिल्म सुटिङका क्रममा नै सलमानले ऐश्वर्यालाई सार्वजनिक रुपमा दुर्ब्यवहार गरेपछि उनी सलमानबाट टाढा भएकी थिइन् ।
त्यो दिन सम्झिँदा ऐश्वर्यालाई अहिले पनि आँशु आउँछ
सलमान र ऐश्वर्या अभिनित ‘हम दिल दे चुके सनम’ बाट उनीहरु बलिउडको सबैभन्दा रुचाइएका जोडि बनेका थिए । तर उनीहरुको निजी सम्बन्ध भने टुटिसकेको थियो । सलमान त्यो समयमा हरेक जसो पार्टीमा कसै न कसैसँग झगडा गर्ने गर्थे । उनले कैयौं सेलिब्रेटीमाथि हात छोडेका चर्चा पनि बाहिर आएका थिए । उता ऐश्वर्या रायको करिअर भने शिखरको बाटोमा थियो । 
यो घटनापछि सलमान र ऐश्वर्याको सम्बन्ध कहिल्यै पनि उस्तै भएन । पछि ऐश्वर्याले एउटा अन्तर्वार्तामा आफूलाई त्यो दिन सम्झिँदाँ आँशु आउने गरेको बताएकी थिइन् । यतिबेला बलिउडमा ऐश्वर्या राह र रणदीप हुड्डाको चलचित्र सरबजीतको चर्चा चुलिएको छ । आफ्नो रोलका लागि ऐश्वर्या र सरबजीतले प्रशंसकको ध्यान तान्न सफल भएका छन् । 
|
Advertisement
|
Post a Comment