0
Advertisement
काठमाडौं, १३ भदौ । नागरिकताको विषयलाई लिएर पटक–पटक बिबादमा आइरहने सद्भावना पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री राजेन्द्र महतोले आफ्नो नागरिकताका विषयमा आशंका नगर्न आग्रह गर्नुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष महताले आफ्नो नागरिकताका विषयमा कुरा उठाइनु सबै बकबास रहेको बताउनुभयो ।
‘मेरो नागरिकता नेपाली हो’, उहाँले भन्नुभयो, ‘मधेसी भन्दैमा नागरिकताको विषयमा किन यति धेरै आशंका ? मेरो नागरिकता नेपाली हो । अरु सबै कुरा बकबास हुन् ।’
अध्यक्ष महतोले भन्नुभयो, ‘मेरो नागरिकता सोध्नु अगाडि प्रचण्ड, बामदेवको नागरिकता पनि सोध्नुस् । उनीहरूले कहाँबाट ल्याएका हुन् ? उनीहरूको नागरिकता नसोध्ने हाम्रो मात्रै सोध्ने ?’ उहाँले आफ्नो नागरिकतामाथि आशंका लागे छानविन गर्न चुनौती दिनुभएको छ ।
सद्भावना पार्टीका अध्यक्ष महताले नागरिकतामा भएको विभेदको अन्त्य हुनै पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अंगीकृत नागरिकलाई संवैधानिक प्रमुख बनाउन मैले भनेको छैन । तर केही अधिकार उनीहरूलाई दिनै पर्छ ।’
अध्यक्ष महतोको नागरिकता अंगीकृत रहेको भन्दै बेलाबेलामा जनस्तरबाट कुरा उठ्ने गरेको छ । सो विषयमा गृहमन्त्रालयले स्पष्ट केही बताउन मान्दैन ।
Advertisement

Post a Comment

 
Top