Advertisement
![]() |
मेषः– घर खर्च बढ्ने छ । काम गरेर जश कम मिल्नेछ । मनमा शान्ति मिल्ने छैन । गर्र्र्न खोजेका कममा विभिन्न खालका समस्या आउने छन् । धन सम्पतिको विषयलाई लिएर विवाद पर्न सक्छ ।
वृषः– आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । अधिकाँश कामबाट लाभ पनि लिन सकिने छ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै होला । गरिरहेको कामलाई त्यागेर आर्को काम नगर्नु होला ।
मिथुनः– अस्थिरताले अनिष्ट निम्त्याउने हुदा, धैर्यता पूर्वक काम गर्नु होला । शब्द कसाईलाई नदिनु होला पछि पश्चताप गर्नु पर्नेछ । उधारो कारोवार सकेसम्म नगर्नु होला दिएको धन डुब्न सक्छ ।
कर्कटः– शारीरिक एवं मानसिक स्फूर्ति बढ्ने छ । उत्तम भोजन प्राप्तिको योग प्रबल रहेकोछ । व्यापर व्यवसायबाट आम्दानी सन्तोषजनक नै होला । कामलाई निरन्तरता दिनु होला । यात्रा हुनसक्छ ।
सिंहः– अनावस्यक क्षेत्रमा धन खर्च हुनसक्छ सचेत रहनु होला । गरेका काम आफ्ना लागि भन्दा अरुका लागि बढि फाइदा जनक हुन सक्छन् । विबादमा नफस्नु होला घाटा हुनेछ । व्यापारमा हानी हुन सक्छ । कन्याः– दिन अनुकुल छ अवसर गुमाउने काम कहि कतैबाट नहोस् । व्यापार व्यवसायबाट आम्दानी राम्रै हुने छ । एउटा कामको टुङ्गो नलागि आर्को काममा हात नहाल्नु होला । तुलाः– समयले साथ दिने देखिन्छ । काम गर्न सके दाम र नाम दुर्व आर्जन गर्न सकिने छ । कुनै पनि क्षेत्रबाट आफुले सोचे जस्ता लाभ भने नहुन सक्छ । सामाजिक कामबाट प्रतिष्ठा बढ्नेछ । वृश्चिकः– भाग्यले थोरै साथ दिनेछ । परोपकारी काम हुनेछन् । आस्था र विश्वास बढ्नेछ । आफ्नो कामले विस्तारै गति लिनेछ । परिवारिक सुख थोरै मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।
धनुः– चिसोको एलर्जी हुन सक्छ अहार विहारमा ध्यान दिनु होला । मानसिक तनाव बढ्न सक्छ । लेनदेन कारोवारमा अवरोध आउन सक्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ । विश्वास घात हुनसक्छ । मकरः– कुनै काम गर्नु छ भने गरिहाल्नु होला पछि गरौला भनेका काम साचिने छन् । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम सफल हुने छन् । लोभ मोह बढ्ने छ । आफुले चाहेको भोजन मिल्ने छ ।
कुम्भः– मुद्धा मामिलामा विजया हात लाग्ने छ । प्रतिश्पर्धात्म काम सफल हुने छन् । मिलेर भन्दा एक्लै गरेका काम बढि सफल होलान् । व्यापारमा क्रमिक सुधार आउने छ । आर्थिक उन्नति होला । मिनः– विचार पूर्वक काम गर्नु होला । काममा आलटाल गर्दा पछि परिने छ । पठन पाठन कार्यमा सामान्य सफलता मिल्ने छ । आत्मविश्वासका साथ काममा लाग्नु होला । व्यापारबाट अल्प लाभ हुनेछ । -
Advertisement
![]() |
Post a Comment