Advertisement
![]() |
सो अफर भदौ १६गते विहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ। जसअनुसार १ सय एमबि डाटा भोल्यूमको ३ दिने अवधिका लागि ४५ रुपैयाँ र २२५ एमबिको ७ दिने अवधिको ९० रुपैयाँ तोकिएको छ।
उपभोक्ताले १ सय एमबि डाटाका लागि लागि SPECIAL100MB र २२५ एमबि डाटा लिनको लागि लागि SPECIAL225MB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ।
उपरोक्त महसुल दरमा नियमानुसार लाग्ने कर समावेश नगरिएको र भदौ १६ देखि ३ महिनासम्म यो योजना लागू हुने टेलिकमले जनाएको छ।
Advertisement
![]() |
Post a Comment