0
Advertisement

रुपन्देही – लुम्बिनी अञ्चल अस्पताल बुटबलमा आर्थिक बर्ष २०७२–०७३ मा ८ हजार ३ सय २९ जनाले प्रसुती सेवा लिएका छन् । गत बर्ष भन्दा भने कम हो । अस्पतालको तथ्यांकमा गत बर्ष ९ हजार ७ जनाले यो सेवा लिएका थिए ।
यसअघि प्रसुति युनिटमा २० बेड रहेको अस्पतालले ३५ बेड पुर्याएको छ । बेडको अभावमा भर्नागर्ने समस्या भएपनि अब यो समास्या नहुने अस्पतालका लेखा अधिकृत मित्रलाल त्रिपाठीले बताए । बेडमात्र थप नभएर डाक्टर पनि थप भएको उनले बताए । २ जनाको मात्र दरबन्दी भएको उक्त बिभागमा अहिले ४ जना दरबन्दी भएको अस्पतालका मेसु डा बिकास देबकोटाले बताए ।
अस्पतालमा सुत्केरी गराउँदा तथा भर्ना भएका केही सुत्केरीको मृत्यु भएको कारण बाहिरबाट हल्ला फैलाएको कारण केही कमी भएको मेसु डा देवकोटाले बताएका छन् । अस्पतालमा ४ सय २१ जनाले सुरक्षित गर्भपतन गराएका छन् । गर्भपतन गराउने धैरै अबिबाहित रहेको अस्पतालको तथ्यांकमा उल्लेख गरिएको छ ।
अस्पतालका प्रशासकीय अधिकृत भुमिश्वर ढकाल थपिएको दरबन्दी अनुसार डाक्टरहरु नआएको बताउँछन् । उनले ४ सय बेड संञ्चालनको लागि दरबन्दी थपिएको तर अहिले १ सय नेपाल सरकार बाट र ५० बिकास समितिबाट संञ्चालन रहेको बताए ।
अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार अस्पतालमा आथिक बर्ष ७२–७३ मा ओपिडिमा १ लाख २५ हजार ५ सय इमर्जेन्सीमा ४३ हजार ७७ जनाले उपचार लिएका छन् । त्यस्तै ल्याबमा २० हजार र प्रसुतिमा ८ हजार ३ सय २९ गरि २ लाख बिरामीको उपचार भएको बताएका छन् । उपचारमा आएका मध्ये २२ हजार ७ सय १७ले गराएका छन् ।
Swasthya Khabar Patrika

Advertisement

Post a Comment

 
Top