Advertisement
![]() |
काठमाण्डौँ, भदौ १८ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई मधेसको आन्दोलनमा घाइते हुनेहरुको उपचार खर्चका लागि थप ६६ लाख रुपैयाँ माग गरेको छ ।
मोर्चाले आन्दोलनका क्रममाराजधानी काठमाण्डौँ, भैरहवा, विराटनगरलगायत भारतमा घाइतेहरुको उपचार गरेको ६६ लाख रुपैयाँ खर्च भको विवरण सरकारलाई पेस गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
सरकारले यसअघि घाइतेहरुको उपचारको खर्चका लागि ३२ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरे पनि मोर्चाले पुनः ६६ लाख रुपैयाँ ऋण रहेको बताएको छ । मोर्चाले अस्पताल र औषधि पसलको बिलअनुसार रकम भुक्तानी गर्न गृह मन्त्रालयसँग माग गरेको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले मोर्चाले ४२ लाख रुपैयाँ उपचारका क्रममा लागेका ऋण तिर्न बाँकी रहेको विवरण पेस गरेपछि त्यसको आधारमा ३२ लाख रुपैयाँ प्रदान गरेको थियो ।
Advertisement
![]() |
Post a Comment