0
Advertisement

जेठ २६,काठमाडौं– रुघाखोकी लाग्दा २० ग्राम अदुवाको रसमा २ चम्चा मह मिसाएर बिहान–बेलुका सेवन गरेमा फाइदा गर्दछ । एक चम्चा अदुवाको रसमा एक चम्चा मह मिसाई फिटेर बिहान र बेलुका मनतातो पानीमा खाने गरेमा दम खोकी ठीक हुन्छ ।
चिसोको बाथ र कम्मर दुखेमा आधा चम्चा सुठोको धुलो, दुई चम्चा गोखरु एक गिलास पानीमा पकाएर आवश्यकताअनुसार नुन वा चिनी हालेर बिहान काँडा पिउने गरेमा ठीक हुन्छ । उल्टी भएमा अदुवा र प्याजको रस समान मात्रामा मिलाएर तीन–तीन घन्टाको अन्तरमा एक–एक चम्चा लिनाले उल्टी हुन बन्द हुन्छ ।
नयाँ पत्रिकाले छापेको छ । ज्वरो आएका वेला अदुवा र पुदिनाको काँडा बनाएर सेवन गर्नाले पसिना आएर ज्वरो उत्रने हुन्छ । आधा चम्चा अदुवाको रसमा हिङ र कालो नुन मिलाएर खाएमा पेटमा ग्यासको समस्या ठीक हुन्छ । सास गनाउने समस्या भएकाले अदुवा र तुलसीको रसमा मह मिलाएर लिन सकिन्छ ।
भोक नलागेमा वा पेट सफा नभएमा अदुवामा नुन मिलाएर एक हप्तासम्म दिनमा एकपटक खाने गरेमा पेट सफा हुन्छ । पेट सफा भएका कारण भोक जाग्नेसमेत गर्दछ ।
नोट: "माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।"

Advertisement

Post a Comment

 
Top