|
Advertisement
|
नयाँ दिल्ली–भारतीय प्रहरीले एक होटलमा छापा मार्दै बेचिन लागेका २२ नेपाली युवतीको उद्धार गरेको एएफपी छ। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थनल नजिकै रहेको एक होटलमा छापा मार्दै उनीहरुलाई उद्धार गर्न गरेको प्रहरीले जनाएको छ। प्रहरीले नेपाली दूतावासको आग्रहमा उक्त होटलमा छापा मारेको जनाएको छ।
दिल्ली प्रहरी अपराध शाखाका सह–कमिस्नर रबिन्द्र यादवले उद्धार गरिएका युवतीहरुलाई मध्य एसियाका देशमा बेच्ने तयारी गर्दै गर्दा छापा मारी उद्धार गरिएको जनाए। यादवले भने, ‘हामीले छापा मारी २२ जना युवतीको उद्धार गरेका छौं।
अनुसन्धानबाट उनीहरुलाई रोजगारीका प्रलोभनमा मध्य एसियाका देशमा बेच्न लान खोजिएको देखिएको छ। हामीले उनीहरुलाई बेच्न खोज्ने दुई जनाको पहिचान गरेका छौं।’ प्रहरीले उनीहरुको खोजीकार्य जारी रहेको जनाएको छ। प्रहरीले एक गिरोहले उनीहरुको पासपोर्टसमेत नियन्त्रणमा लिएको जनाएको छ। ०७२ को महाभूकम्पपछि नेपाली युवतीहरुलाई विभिन्न देशमा बेच्नका लाने क्रम बढेको छ।
NagarikNews
|
Advertisement
|
Post a Comment