0
Advertisement

असार ३, काठमाडौं । सुत्ने बेलामा प्राय मानिसको शरीरमा कुनै न कुनै कपडा हुनेगर्दछ । प्राय मानिस अण्डर वेयर र भेस्ट लगाएर सुत्ने गर्दछन् । त्यस्तै कतिले त कपडा नै नखोली पनि सुत्ने गर्दछन् । तर कपडासँगै सुत्नु भनेको शरीरका लागि हानिकारक मानिन्छ । त्यसैले निर्बस्त्र सुत्दा हुने ६ फाइदा बारे जानी राखौं।
अक्सिटोसिन नामको हर्मोनले हाम्रो मुटुलाई सुरक्षित राख्दछ । नाङगै सुत्ने हो भने शरीरमा भएको अक्सिटोसिनको मात्रामा वृद्धि हुन्छ जसले गर्दा रक्तचाप पनि नियन्त्रण हुन्छ । त्यस्तै रोग प्रतिरोधी क्षमतामा वृद्धि हुने र तनावपनि कम हुने गर्दछ ।
राम्रोसँग निदाउँन शरीरको तापक्रम आधा घट्नुपर्दछ । तापक्रम घटेन भने दिमाग व्युँझिरहेको हुन्छ । जव हामी सुत्दा सबै कपडा खोलेर सुत्छौं तव हाम्रो शरीरको तापक्रम घट्दै जान्छ र आनन्दसँग सुत्न सकिन्छ ।
नाङगै सुत्ने दम्पत्तिबीच राम्रो सम्बन्ध हुने एक अध्ययनले देखाएको छ । जीवनसाथीसँग नाङगै सुत्दा प्रेमसम्बन्ध बढ्ने गर्दछ । एकअर्काको छालामा स्पर्श भएपछि सहजता र खुशीको महसुस हुने गर्दछ । साथै यौन क्रियाकलाप पनि रमाइलो हुने गर्दछ । यौन अंगमा पनि निकै सकरात्मक प्रभाव पार्दछ । विशेषगरी योनीमा ब्याक्टेरिया जम्मा हुन पाउदैनन् ।
चाहे बच्चा होस, चाहे वृद्धा, अण्डर वेयर लगाएर सुत्ने मानिसको डिएनएमा असर पर्ने गर्दछ । स्टानफोर्ड विश्वविद्यालयमा गरिएको एक अध्ययनले अण्डर वेयर लगाएर सुत्ने मानिसको वीर्यमा रहेको डिएनएमा हानी हुने खतरा २५ प्रतिशतले बढी हुने देखाएको छ ।
हामी दिनभर कपडा लगाएर हिड्ने गर्दछौं जसका कारण हाम्रो छाला निकै नियन्त्रित भएको हुन्छ । यसले गर्दा आवश्यक मात्रामा छालाले हानिकारक तत्व बाहिर निकाल्न सक्दैन । तर जव हामी नाङगै सुत्छौ तव छाला खुला हुन्छ र छालामा भएका हानिकारक तत्व बाहिर निस्कन सक्दछन् । फलस्वरुपः हाम्रो छाला स्वस्थ रहन्छ ।
शरीरमा हुने खैरो फ्याटलाई निकै लाभदायक मानिन्छ । यसको कारण भनेको खैरो फ्याटले अन्य अंगभन्दा बढी शरीरमा तापक्रम पैदा गर्दछ । जसले गर्दा हानीकारक मानिने सेतो फ्याटमा भएको क्यालोरी चाँडो नष्ट हुन्छ । यो फ्याट केटाकेटीमा बढी हुन्छ जसले उनीहरुलाई न्यानो बनाइरहेको हुन्छ । नाङगै र तापक्रम कम भएको कोठामा सुत्ने हो भने यो फ्याटमा वृद्धि हुन्छ ।
नोट: "माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।"

Advertisement

Post a Comment

 
Top