0
Advertisement

ज्यो. रामबाबु लुइटेल / ओएस नेपाल
आज मिति २०७३ साल भाद्र १८ गते शनिवार भाद्र शुक्लपक्ष द्वितीया तिथि उत्तराफाल्गुनी नक्षत्र साध्य योग टैतिल करण चन्द्रमा कन्या राशिमा तपाईको आजको राशिफल यस प्रकार रहेको छ |
१, मेष :- आज आफु पुरा हौशालाका साथ अगाडी बढ्नु हुँदा कार्यक्षेत्रमा सफल हुनुहुनेछ | कुनै नजिकका नातेदार संग केहि नयां कुरा सिक्ने मौका पनि मिल्नेछ | कुनै बिबादमा पनि आफ्नो जित हुनेछ | अरुको कुरालाई ध्यानपूर्वक सुन्नुहोला | आर्थिक स्थिति सुधारोन्मुख हुनेछ | ब्यापारमा फाइदा हुनेछ | नोकरीमा केहि विवाद पनि होला | स्वास्थ्यको ख्याल गर्नुहोला |
२, बृष :- कार्यक्षेत्र सफल तथा सफलताको श्रेय पनि आफुलाई नै मिल्नेछ |आज मिहेनत पनि ज्यादै गर्नुपर्नेछ र सकारात्मक नतिजा पनि मिल्नेछ | पुर्व थालनी भएको काम पनि आज सम्पन्न हुनेछ | केहि व्यक्तिहरु तपाईंबाट प्रभावित पनि हुनेछन | खर्च बढ्न सक्ला तथा सवारी साधनको प्रयोग गर्दा सावधानी अपनाउनु होला | पढाईमा मन जानेछ | घुंडाको दुखाइ सहनु पर्ला |
३, मिथुन :- आफ्नो कामकाजको ब्यबस्थापनलाइ ध्यान दिनु होला | कोहि कसैको सहयोगको पनि जरुरत पर्नेछ | आफ्नो प्रगति गर्नमा सफल पनि हुनुहुनेछ | आजआफुले गर्नुभएको कामलाई प्रचार नगर्नुहोला | परिवार तथा धनसम्पत्तिको क्षेत्रमा ब्यस्त रहनुपर्ला | जग्गा जमिन तथा घर जोड्ने मनसुवा पनि होला | धन लाभ हुनेछ र पुरानो धन पनि प्राप्त हुनेछ | सवारीसाधन बाट चोटपटक लाग्न सक्ला ध्यान पुर्र्याउनूहोला |
४, कर्कट :- आज तपाईंको ध्यान आफ्नो परिवार तथा आफन्तजन प्रति हुनेछ | कुनै व्यक्तिका साथ् रहिआएको मनमुटावको पनि नाश हुनेछ | आफुमा बढेको सक्रियताले कुनै नयां काम पनि पुराहुनेछ | अचानक यात्राको पनि योग बन्न सक्ला | नयां व्यापार पनि सुरु हुनेछ l आफ्नो योजनालाई मनमै राख्नु होला |बिबाहको प्रस्ताव पनि आउन सक्ला | पढाइमा मिहेनत ज्यादा पर्नेछ | कम्मर दुख्न सक्ला |
५, सिंह :- काममा आफ्नो विश्वसनीयता बढ्नेछ र प्रशन्नता पनि मिल्नेछ |परिवारमा राम्रो परिस्थितिको पनि श्रीजना हुनेछ | कुनै पुरानो समस्या पनि सुल्झने छ | कुनै समस्या आएमा शान्ति र धैर्यतापूर्वक सामना गर्नुहोला | जीवनसाथी संगको सम्बन्ध राम्रो हुनेछ | पैसाको कारोवार गर्दा विचार पुर्याउनु होला | स्वास्थ्यमा केहि बाधा आउन सक्छ |
६, कन्या :- कार्यक्षेत्र सफल हुनेछ र आज कार्यक्षेत्रमा अधिक समय खर्चनु पर्ला | साथीभाई तथा प्रेमीबाट सहयोग मिल्नेछ | प्रतिष्ठित व्यक्तिहरुका साथ् राम्रोकुराकानी हुनेछ र कुनै व्यक्तिहरुबाट नयां तौर तरिकाहरु पनि प्राप्त हुनेछ | कुनै अशफल भएको प्रयाश आज जारी नराख्नुहोला | पढाई लेखाइमा मन जानेछ | आलाश्य र थकानले सताउने छ |
७, तुला :- आज सावधानी पुर्वक गरेको काम सफल हुनेछ र दिभर व्यस्त पनि रहनुपर्ला र उक्त कार्यबाट प्रशंसा पनि मिल्नेछ | धनको खातिर कुनै सम्झौता तथा कारोबार राम्रै हुनेछ | साथीभाईलाइ मदत पनि गर्नुपर्ला | आज अनावश्यक विवाद बाट बच्नुहोला | दाम्पत्य जीवनमा केहि विवाद पनि पर्न सक्ला शान्त रहनुहोला | व्यापारबाट धन लाभ हुनेछ | टाउको दुख्न सक्ला |
८, वृश्चिक :- सबै परिस्थिति राम्रो हुनेछ | सबै कामहरु आज सजिलै सम्पन्न पनिहुनेछन् | आज तपाईंमा आत्मीय शुख र शान्ति पनि मिल्नेछ | कारोवार गर्नको लागि दिन शुभ पनि रहेको छ |पराक्रम पनि बढ्ने छ | आय आम्दानी सामान्य रहेको छ | बिद्यार्थीको लागी दीन शुभ रहेको छ | मानशिक तनाव हुनसक्नेछ |
९, धनु :- मानशिक रुपमा शक्रिय रुपमा दिन राम्रो संग बित्नेछ | सबैको ध्यान तपाईंमा रहनेछ | अचानक रुपमा धनलाभको पनि योग रहेको छ | आज धेरै संबेदनशील पनि रहनुपर्ला | सामाजिक शक्रियता पनि बढ्नेछ | बिबाहको प्रस्ताव पनि आउन सक्नेछ | आर्थिक कारोवारको लागी पनि दीन राम्रो रहेको छ | जीवन साथीबाट सहयोग पनि मिल्नेछ | प्रेमको लागि दीन राम्रो रहेको छ | सन्तानको स्वास्थ्यमा ध्यान दिनु होला |
१० ,मकर :- आज आफुलाई बढी मिहेनतको आवश्यकता महशुष हुनेछ | दिन पनि शुभ रहेको छ | काममा ब्यस्त नै रहनुपर्ला | आज अरुको हातबाट काम लिन सफल हुनुहुनेछ | भाग्यबश कुनै ठुलो काममा ठुलो सफलता मिल्नेछ तर हतारमा निर्णय नगर्नुहोला | कुनै पुरानो समस्या पनि समाधान होला | व्यवशायिक सफलता मिल्नेछ | पुरानो रोगले सताउला |
११, कुम्भ :- आज कुनै कठिन युक्त सम्झौता पनि आफुलाई लाभदायक हुनेछ | आय आम्दानि पनि बढ्न सक्नेछ | आफ्नो दैनिक जीवनमा परिवर्तन भएको कारण केहि खुशियाली पनि प्राप्त होला | आर्थिक क्षेत्रमा सहयोग पनि मिल्नेछ |आफ्ना सन्तानको सफलतामा सुखद अनुभूति प्राप्त होला | ब्यापारमा वृद्धि पनि हुनेछ | पढाई लेखाइमा मन जानेछ | मानशिक तनाव हुनसक्ला |
१२, मीन :- आफ़नो व्यवहार सकारात्मक राखनुहोला , व्यापार सफल हुनेछ |ब्यापारमा नया योजनाहरू बन्नेछन | पारिवारिक जीवनमा केही उथल पुथलको सामना होला | दाज़ुभाईका साथ केही विवाद पनी हुनशक्ला | सफलताको बाटो पनी मिल्न सकला | धन लाभ पनी हुनेछ | बिध्यार्थीको लागी दीन शुभ रहेको छ |आफ़नो स्वास्थ्यको ख़्याल राखनुहोला |

Advertisement

Post a Comment

 
Top