0
Advertisement

भदौ २०, नयाँ दिल्ली। सर्पको नाम सुन्ने बित्तिकै काँडा उम्रिन्छ । तर यी ११ वर्षकी बालिका सर्पसँगै सुत्छिन् भन्दा पत्याउन गारो पर्छ । विषालु सर्पसँग खेल्नेमात्रै होइन, उनीहरुलाई दूध खुवाउने र गीत सुनाउने समेत यिनले गर्छिन् ।
भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार यी महिला हुन बुन्देलखण्डकी । बुन्देलखण्डको हमीरपुरबाट एक किलोमिटर टाढा पर्ने नाजनीन गाउँमा बस्छिन् यिनी ।
त्यसो त सर्पसँग उनको मित्रता देखेर कतिपयले विषकन्या समेत भन्छन् उनलाई । नाजनीनको परिवार पहिला सपेरा थिए । सर्प पक्रिएर गाउँ गाउँ प्रदर्शन गर्ने पेशा थियो ।
तर नाजनीनले भने सानैदेखि सर्पसँग नै बस्ने जिद्दि गर्दा परिवार नै समस्यामा परेको थियो । बाल्यकालदेखि नै सर्पसँग खेल्ने उनको जिद्दि देखेपछि परिवारले पनि छूट दिन बाध्य भए । उनले सर्पसँग दिन बिताउँछिन् तर सर्पले केही गर्दैन । सर्पले पनि उनको रक्षा गर्ने गाउँवासी बताउँछन् । एभरेष्ट दैनिकबाट

Advertisement

Post a Comment

 
Top