0
Advertisement

काठमाडौँ । महाभारतमा खलनायकका रूपमा प्रस्तुत भएका छन्, दुर्योधन । कौरवका सबैभन्दा जेठा र श्रेष्ठ कहलिएका दुर्योधन मामा शकुनिको कुरा मान्दैनथे त उनी महाभारतका सबैभन्दा राम्रा पात्र हुन सक्थे । यस्तो किन पनि भने अर्जुन र भीमको जस्तै उनको प्रतिभा पनि अत्यन्त राम्रो थियो र उनी अत्यन्त राम्रा हुन् भन्ने प्रमाणित भइसकेको थियो । तर, महाभारतमा उनी पलपल ईष्र्याले भरिएका र अत्यन्त स्वार्थी भएको चित्रण गरिएको छ । तर, केहीले विश्लेषण गरेका छन्– दुर्योधनले त्यही गरे जुन कौरवका लागि राम्रो थियो । जे होस्, मृत्युअघि दुर्योधनले आफ्ना तीन गल्ती स्विकारेका थिए । यी गल्ती उनले श्रीकृष्णसाग भनेका थिए । दुर्योधनले स्विकारेका तीन गल्ती यस्ता थिए : १. दुर्योधनले श्रीकृष्णलाई भनेका थिए– मैले स्वयं नारायणको शीर्ष ठाउँमा नारायणी सेना चुनेँ । यदि नारायण युद्धमा कौरवको पक्षमा हुने थिए त युद्धको परिणाम फरक हुने थियो । २. दुर्योधनले भनेको दोस्रो गल्ती थियो– मैले आमाले लाखौँपटक भन्दा पनि मानिनँ । यदि मैले मानेर आमाले भनेअनुसार नग्न अवस्थामा गएको भए मलाई कुनै पनि योद्धाले परास्त गर्न सक्ने थिएनन् । ३. दुर्योधनका अनुसार उनको तेस्रो गल्ती थियो– म युद्धमा अन्त्यमा गएँ । यदि म पहिले नै युद्धमा गएको हुने थिएँ भने सायद युद्धबारे म आफ्ना कुरा राख्न पाउँथे मेरा मित्र र भाइहरूको यो अवस्था हुने थिएन ।धर्मग्रन्थबाट

Advertisement

Post a Comment

 
Top