0
Advertisement

काठमाडौं, १९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथको दर्शन गरेकी छिन् । हिन्दू नारीहरुको महानपर्व हरितालिका तीजको अवसरमा आइतबार साँझ साढे ६ बजे पुगेकी राष्ट्रपति भण्डारीले पशुपतिनाथ दर्शन तथा पूजाअर्चना गरेकी हुन् ।
राष्ट्रपति भण्डारी पशुपतिनाथ दर्शन गर्न पाशुपत क्षेत्रमा पुगेपछि सर्वसाधारण महिलाहरुलाई भने रोकिएको छ । उनी सहित विशिष्ट व्यक्ति पशुपति जाने भएपछि साँझ सर्वसाधारण महिलाहरुले गर्ने दर्शन भने प्रभावित भएको थियो ।
पशुपतिनाथको दर्शन गरेर फर्कने क्रममा राष्ट्रपति भण्डारीले पाशुपत क्षेत्रमा उपस्थित भएका महिलाहरुलाई हात हल्लाएर अभिवादन गरेकी थिइँन् ।
राष्ट्रपति भण्डारी पुग्नु केहीबेर अघि मात्रै प्रधानन्यायाधीश सुशीला कार्कीले पशुपतिनाथको दर्शन गरेर फर्किएकी थिइँन् ।
राष्ट्रपति भण्डारी, प्रधानन्यायाधीश कार्कीलगायत विशिष्ट व्यक्ति पशुपतिनाथको दर्शन गर्न आउने भएपछि त्यसक्षेत्रको सुरक्षा व्यवस्था निकै कडा बनाइएको थियो ।

Advertisement

Post a Comment

 
Top