Advertisement
![]() |
जुम्लाबाट निर्यात हुने प्राय स्याउ चीनको ट्याग लगाएको कार्टुनमा प्याक गरिन्छ । प्याकेजिङ गरिएको पेटीमा अंग्रेजीमा चाइना एप्पल्स लेखिएको छ । यसरी प्याकेजिङ गर्दा बजारमा जुम्लाको अर्गानिक स्याउको पहिचान हराउने भएकाले राम्रो काम नभएको स्थानीय किसान बताउँछन् । चीनको ट्याग लगाउँदा जुम्लाको अर्गानिक स्याउको ब्यापारमा धोका भएकाले जुम्लाको स्याउमा चीनको ट्याग रोक्नुपर्ने उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष रामदत्त रावलले बताउनु भएको छ ।
उहाँले सरकारी निकाय र सरोकारवालाहरुले तत्काल यसलाई परिवर्तन गर्नुपर्ने बताउनुु भयो । जिल्लाको उर्थुचौतारा लगायत विभिन्न स्थानमा ब्यापारीहरुले चाइनापेटीमा स्याउहरु प्याकेजिङ गरिरहेको भेटिएको छ । यसले जुम्लाको अर्गानिक स्याउको बजार राम्रो नहुने र सन्देश राम्रो नजाने गुनासो सुनिने गरेको छ । नेपाल पत्रकार महासंघ जुम्लाका सचिव शुरबहादुर सिंहले यो विषयलाई तत्काल परिवर्तन गरिनु पर्ने बताउनु भयो ।
जिल्ला कृषि विकास कार्यालयका निमित्त बरिष्ठ कृषि विकास अधिकृत विष्णुबहादुर महतले यो वर्ष १६ हजार आफ्नै स्याउका पेटीहरु उत्पादन गरेपनि नपुगेका कारण चाइना पेटीको प्रयोग भइरहेको दावी गर्नुभयो । उहाँले आगामी वर्षमा यस्तो नहुने समेत बताउनुभयो । -न्युजयग्रो
Advertisement
![]() |
Post a Comment