0
Advertisement

भदौ २०, काठमाण्डौ। पूर्व पोर्न स्टार तथा बलिउड अभिनेत्री सन्नीले हालसम्म कुनै पनि बलिउड सुन्दरीले हात नपारेको सफलता हात पारेकी छन्। उनी संसारको सर्वाधिक प्रतिष्ठितमध्ये पर्ने एक फेसन सप्ताह 'न्यू योर्क फेसन वीक'मा र्याम्प वाक गर्ने पहिलो बलिउड स्टार बनेकी छन्।
उनी यसै महिना हुने फेसन विकमा हिड्ने छिन्। ट्विटरबाट सन्नीले आफ्नो यस सफलताको जानकारी दिएकी हुन्। सन्नीले हिड्ने फेसन विक संसार चार प्रतिष्ठित फेसन सप्ताह अन्तरगत पर्छ। न्यू योर्क फेसन विकसँगै पेरिस, लन्चन र मिलान फेसन विक यसभित्र पर्छन्।
न्यू योर्कमा सन्नीले चर्चित फेसन डिजाइनर अर्चना कोचरको डिजाइनमा आफूलाई प्रस्तुत गर्नेछिन्। सन्नी अघि कुनै पनि बलिउड स्टारले न्यू योर्कमा हुने यस कार्यक्रममा हालसम्म सहभागी भएका छैनन्।

Advertisement

Post a Comment

 
Top