0
Advertisement

ज्ञोनेन्द्र शाह बस्ने गरेको नागार्जुन दरबारमा पनि सरकारले विद्युत लाइन काटेको छ ।
स्रोतका अनुसार उर्जा मन्त्रालयको निर्देशनमा विद्युत प्राधिकरणले बिहीबार लाइन काटेको हो । नागार्जुन दरबारले तिर्नुपर्ने बाँकी बक्यौतालाई कारण देखाउँदै अचानक लाइन काटिएको हो ।
नागार्जुन दरबार सरकारकै स्वामित्वमा छ र सरकारी निकायबाटै त्यसको व्यवस्थापन हुँदै आएको छ । गणतन्त्रको घोषणापछि सरकारले निर्णय गरेर नागार्जुन दरबार बसोबासका लागि ज्ञानेन्द्रलाई उपलब्ध गराएको थियो ।
२०७२ को विनाशकारी भूकम्पले नागार्जुन दरबार क्षतविक्षत भए पनि सरकारले त्यसको मर्मत तथा पुनर्निर्माणमा ध्यान दिएको छैन। भूकम्पले क्षतविक्षत भएर बस्ने अवस्था नभएपछि पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र निर्मल निवासमा बस्दै आएका छन्।
यसअघि सरकारले पूर्वमुमाबडामहारानी रत्न बस्दै आएको महेन्द्र मञ्जिलको पनि बिजुलीको लाइन काटेको थियो । पूर्व मुमाबडामहारानीलाई बस्नका लागि सरकारले निर्णय गरेर उपलब्ध गराएको महेन्द्र मञ्जिलमा बिजुली काटेर सरकारले संवेदनहिनता देखाएको भन्दै सबैतिरबाट आलोचना र विरोध भएपछि एक दिनपछि नै सरकारले बिजुलीको लाइन जोडिदिएको थियो ।
Annapurna Post

Advertisement

Post a Comment

 
Top