0
Advertisement

एजेन्सी । मध्यपहाडी क्षेत्रमा पाइने अम्बा अत्यन्त स्वादिलो फल हो । अघाउन खाइने यो फल आयुर्वेदिक औषधि पनि हो । अम्बाको फल र पात दुवैका बहुउपयोगी औषधि गुणबारे वरिष्ठ आयुर्वेद चिकित्सक, डा. शेषराज आचार्य यसो भन्छन् :
अम्बाको पातका औषधीय गुण
झाडापखाला हुँदा ३० ग्राम अम्बाको पात र एक मुठी चामलको पिठोमा दुई गिलास पानी हालेर उमाली दिनको दुईपटक पिउँदा निकै सन्चो हुन्छ ।
मधुमेहका रोगीलाई अम्बाको पातबाट बनेको चिया फाइदाजनक मानिन्छ । यसले रगतमा चिनीको मात्रा कम गराउँछ । अम्बाको पातले कार्बोहाइड्रेडमा पाइने स्टार्च चिनीमा बदलिने प्रक्रियालाई रोक्ने हुँदा तौल घटाउन मद्दत पुग्छ ।
डाइजेस्टिक इन्जाइमलाई बढाएर खाना पचाउन मद्दत गर्छ । यसले पाचन प्रणालीमा सहयोग पुग्छ ।
अम्बाको पातको रस पिउँदा कपाल बलियो हुनुका साथै छाला नरम बनाउँछ । अम्बाको पातमा एन्टिसेप्टिक गुण पाइने हुनाले डन्डिफोर हटाउन मद्दत गर्छ । नयाँ पत्रिकाले छापेको छ ।
अम्बाका औषधीय फाइदा
अम्बामा प्रशस्त मात्रामा आइरन र हेमोग्लोबिन पाइन्छ । काँचो र पाकेको दुवै अवस्थामा खान स्वस्थकर मानिन्छ । साथै, अम्बाको पात र यसको बोक्रा आयुर्वेदिक औषधिको रूपमा पनि प्रयोग हुन्छ । अधकल्चो पाकेको अम्बाले पेटसम्बन्धी रोगमा फाइदा गर्छ । पाकेको अम्बाले तागत बढाउन मद्दत गर्छ । त्यसैगरी, पेट सफा गर्न, दाँतलाई दह्रो बनाउन र भोक जगाउन अम्बा सेवन गरिन्छ । यसमा भिटामिनको मात्रा पनि प्रशस्त हुने हुँदा रोगसँग लड्नसक्ने क्षमता बढाउँछ ।
नोट: "माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।"

Advertisement

Post a Comment

 
Top