0
Advertisement

भदौ १६, काठमाण्डौ।   नेपाली समाजमा पनि विवाहपछिको सम्बन्ध बिच्छेद सामान्य हुन थालेको छ जसमा धेरै नेपाली नायिकाहरु पनि पर्दछन।  केही  नायिका यस्ता पनि भेटिए जसले आफ्नो श्रीमान को साथ् नहुँदा पनि आफ्नो क्षेत्रमा प्रभाव घटाएनन् । नेपाली चलचित्रमा सानले अघि बढी रहेका सिंगल सुन्दरी यस्ता छन् ।

प्रियंका कार्कीः सम्बन्ध विच्छेद गरेका महिलालाई पनि नेपाली समाजले सकारात्मक आँखाले हेर्न थालेको छ भन्ने अनुभव गरेकी छिन् नायिका प्रियंका कार्कीले। सिंगल हुँदाको मज्जा धेरै भएको उनको बुझाई छ ।

‘मैले अहिले आरामले सिनेमाको सुटिङ गर्न पाउँछु । मैले कसैलाई पनि यति बजे आउँछु भनेर भनिरहन पर्दैन ।’ आफु कहाँ केका लागि जाँदैछु भनेर मम्मीलाई भनेपछि पुग्छ रे । अर्को कुरा काम गरिरहेको वेला फोन गरेर डिस्टर्ब गर्ने पनि कोही छैन । उनी भन्छिन् ‘सिंगल हुँदा सानले काम गरेकी छु ।म कसैकी श्रीमति भएकी भए यति सहज हुन्नथ्यो ।’ नेपाली चलचित्रर्की सर्वाधिक ब्यस्त नायिका प्रियंका सिंगल हुँदा करिअर हेरे पुग्ने धारणा राख्छिन् ।

रेखा थापाः छबी ओझासँग सम्बन्ध बिच्छेद गरे लगत्तै रेखाको वारेमा एकथरिले टिप्पणी गरे ‘अब रेखाको दिन सकियो ।’ छबीकै कारण रेखाको चर्चा धेरै भएको भनेर सोच्नेहरु पनि थिए । ती सबैलाई जवाफ दिइन् हिम्मतवाली बनाएर । जुन फिल्म रेखाको छबीसँगको सम्बन्ध बिच्छेदपछिको पहिलो फिल्म थियो भने निर्देशन समेत आफैंले गरेकी थिइन् ।

छुल्ठिम गुरुङः गायक धिरज राईको धर्मपत्नी भएपछि मात्रै करिअर सुरु गरेकी छुल्ठिम गुरुङले तत्कालिन समयको उम्दा गायक धिरजको नामका अगाडि छुल्ठिमको कतै चर्चा हुन्नथ्यो ।तर, अहिले छुल्ठिम र धिरजको फ्यान बराबरी छन् । सिंगल हुँदा विना दवाव काम गर्न पाइने धारणा राख्ने छुल्ठिमलाई पनि कसैसँग सम्बन्ध जोडेको र तोडेकोमा गुनासो छैन । उनलाई यत्ति थाह छ । ‘सिंगल हुँदा आफ्नो काममा इमान्दारी पूर्वक लाग्न पाइन्छ ।

मनिषा कोईरालाः मुम्बईमा पुनः फिल्म निर्माण र अभिनयमा सक्रिय छिन् मनिषा कोइराला । बलिडमा दुई दशक बिताएकी मनिषाले पाँच वर्ष अघि नेपाली ब्यबसायी सम्राट दाहालसँग बिबाह गरेकी थिइन् ।विवाहको एक वर्ष नबित्दै उनले सम्बन्ध विच्छेद गरिन् । स्वतन्त्रता पूर्वक काम गर्न अप्ठयारो भएको भन्दै सम्बन्ध बिच्छेद गरेको धारणा राख्ने मनिषा पनि सिंगल हुँदा एकल निर्णयमा काम गर्न पाईने धारणा राख्छिन् ।

गौरी मल्लः विवाह लगत्तै श्रीमानसँगै विदेश गएकी गौरी नेपाल फर्किदा सिंगल भइन् । श्रीमानसँग खट्पट् भएपछि सम्झौता गर्नुको साटो सम्बन्धमै पूर्ण बिराम लाएकी थिइन् उनले। कुशल अभिनेत्रीका रुपमा चिनिने गौरीको ब्यस्ततामा अहिले पनि कुनै कमि आएको छैन । हरेक दिन जसो ब्यस्तता बढदै गएको छ । 

अन्जु पन्तः संगीतकार मनोजराजसँग प्रेमविवाह गरेकी अन्जु पन्त एक छोरीकी आमा समेत हुन् । विवाहको डेढ दशकसम्म उनी श्रीमानसँग रमाएर बसिन् । तर, अहिले उनी सिंगल छिन् ।श्रीमानसँग खटपट भएपछि औपचारिक रुपमै सम्बन्ध बिच्छेद गरेकी अन्जुले गायनलाई उस्तै नीरन्तरता दिएकी छिन् ।

Advertisement

Post a Comment

 
Top