Advertisement
![]() |
माईतीको रुपमा उनका दाजुभाई कोही नरहेकी ममताले ८ महिना अगाडी मात्र तेह्रथुमको ओख्रे ७ डुम्रेमा शमिर तुम्खेवा सँग बिबाह गरेकी हुन । उनका श्रीमान यतिबेला ममताको उपचारका लागि घरमा गाँउघर छरछिमेकी सबैलाई हात मागी रहनु भएको छ । उहाँ भन्नु हुन्छ मेरो मेरो श्रीमतीलाई उपचारको लागी सहयोगको खाँचो रहेको छ । मानबिय रुपमा सबैमा श्रीमतिको उपचारमा सहयोग गरी दिनको लागी अनुरोध गरेका छन् । ममताको उपचारका लागि अहिले सम्म ३ लाख खर्च भई सकेको छ भने क्यामले तत्काल काठमाडौमा उपचार गर्न सल्लाह दिएको छ ।
डाक्टरका अनुसार थप उपचारका साथै मृगौला प्रत्यारोपणका लागि १० लाख रकमको आबश्यक पर्ने भएको छ । खाउँ लाउँ उमेरमा यसरी दुबै मृगौला फेल भए सँगै उपचारको पर्खाइमा रहनु भएका ममताको उपचारमा आर्थीक समस्या भई रहेको परिवारले सबैमा सहयोग गर्न आग्रह गरेका छन् ।
Advertisement
![]() |
Post a Comment