Advertisement
![]() |
भाद्र १२, काठमाडौँ । गगन थापाकी पत्नी अन्जना थापाले आफ्ना पति गगन थापा भन्दा अघि आफ्ना पिता अर्जुनरसिंह केसीलाई सार्वजनिक बधाइ दिएकी छिन् । पिता र पति मन्त्री बनेको ३ दिनपछि अञ्जनाले सामाजिक सञ्जालबाट पितालाई बधाइ दिएकी हुन् ।
आफ्ना पति गगन र पिता अर्जुन दुवै मन्त्री भए पनि पतिलाई सामाजिक सञ्जालमा वधाइ नदिएकी (यो समाचार तयार पार्दा सम्म) अञ्जनाले पितासँगको तस्विर राख्दै बधाइ दिएकी छिन् । अर्जुन पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सहरी विकाश मन्त्री बनेका छन् ।
बाबु र पतिको भिडन्तले धर्म संकटः गगन पत्नि अञ्जनाको भावुक स्ट्याटस
युवा पुस्तामा निक्कै लोकप्रिय रहेका गगन थापा मन्त्री भएपछि धेरैले उनलाई सामाजिक सञ्जालमा बधाइ र शुभकामना दिइरहेका छन् । यद्यपी गगन पत्नी अञ्जनाले भने सामाजिक सञ्जालमा उनलाई बधाइ दिएकी छैनन्।
गत काँग्रेस महाधिवेशनमा ज्वाइँ ससुरा (गगन र अर्जुन)को महामन्त्रीमा उम्मेदवारी परेपछि धर्म संकटमा परेकी अञ्जनाले फेसबुकमै दुःख बेसाएकी थिइन् । अहिले भने ज्वाइँ ससुरासँगै मन्त्री भएपछि उनले खुसी पनि फेसबुकमै पोखेकी छिन् । यद्यपी पितालाई बधाई दिएकी अञ्जनाले पतिलाई भने बधाइ दिन भ्याएकी छैनन् ।
गगन केही दिन अघि विस्तारित मन्त्री परिषदमा पर्दै स्वास्थ्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई शुभकामना दिँदै धेरैलाई असफल नहुन सचेत गराइरहेका छन् ।
Advertisement
![]() |
Post a Comment