Advertisement
![]() |
- यो चरा प्राय: राति सक्रिय हुन्छ । यसले दिउँसो सूर्यको प्रकाशमा आँखा देख्दैन, तर छायाँ परेको ठाउँमा रहेका वस्तुहरू भने ठम्याउन सक्छ ।
- संसारभर लाटोकोसेरोका २ सयभन्दा बढी प्रजाति छन् । तीमध्ये नेपालमा २१ प्रजाति पाइन्छन् ।
- धेरैजसो मांसाहारी लाटोकोसेरोले स–साना कीरा फट्याङ्ग्रा, मुसा, खरायो तथा आफूभन्दा स–साना चरालाई आफ्नो सिकार बनाउँछ । केही लाटोकोसेरोले माछाको पनि सिकार गर्छन् ।
- लाटोकोसेरोको खुट्टाको पञ्जा अत्यन्तै शक्तिशाली तथा घातक मानिन्छ ।
- धेरैजसो लाटोकोसेरोको अनुहार फराकिलो हुन्छ ।
- लाटोकोसेरोका आँखा ठूला हुन्छन् ।
- लाटोकोसेरोले आफ्नो टाउकोलाई २ सय ७० डिग्रीसम्मको कोणमा घुमाउन सक्छ । यसैकारणले लाटोकोसेरोले आफ्नो पछाडि पनि देख्न सक्छ । - एजेन्सी
Advertisement
![]() |
Post a Comment