0
Advertisement
काठमाडौँ, ११ भदौ । नेकपा एमालेका युवा नेताले देशमा संविधान जारी भइसकेको अवस्थामा त्यसको कार्यान्वयनसँगै मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिकरूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
नेकपा एमाले केन्द्रीय स्कुल विभागले यहाँ आज आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा ‘तराई मधेसको समस्या समाधान’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै एमाले पोलिटब्युरो सदस्य लालबाबु पण्डितले तराई, पहाड र हिमालबीच समस्या ल्याउनेभन्दा पनि समाधानतर्फ सबैको ध्यान हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले स्थानीय निकायमा महिला र दलितको अनिवार्य सहभागिता, ‘आफ्नो गाउँ आफैँ बनाउँ’ कार्यक्रम ल्याउनुका साथै वृद्धभत्ता, विधुवाभत्ता, अपाङ्गभत्ताका साथै सामाजिक सुरक्षामा जोड दिनुका साथै विकासका कामलाई तीव्रता दिएको बताउनुभयो ।
मधेसी समुदायका नेता अधिकारका निम्ति एकजुट हुनेभन्दा पनि अवसरमा लागि विभाजित हुने गरेको उहाँको भनाइ छ । पोलिटब्युरो सदस्य पण्डितले मधेसी दल पटक–पटक सरकारमा सहभागी भएपनि मधेसी समुदायका लागि केही गर्न नसकेको टिप्पणी गर्नुभयो ।
उहाँले मधेसका जनतालाई सचेत रहन आग्रह पनि गर्नुभयो ।
Advertisement

Post a Comment

 
Top