0
Advertisement

काठमाण्डौ। कलर्स च्यानलबाट प्रशारण भइरहेको चर्चित टिभी सिरियल ‘ससुराल सिमर का’ दुई महिना भित्र सकिने भएको छ।

खबरका अनुसार चाँडै १६०० एपिसोड पुरा गर्न लागेको यो शो अब दुई महिना भित्र सकिदै छ । शोमा काम गर्ने एक सूत्रले बताएका छन्, ‘शो लाई सकाउने यो नै उचित समय हो । सीरियलमा २० बर्षको जो लीप लिइयो त्यो हाम्रो लागि राम्रो होइन । निकै दिन देखी यसको टीआरपी राम्रो आएको छैन ।’ यो शो अप्रिल २०११ मा सुरु भएको थियो ।

निर्माण कम्पनीबाट बाहिरिएको अर्को खबर अनुसार शोमा केही कलाकारहरु बूढोको भुमिका निभाउन चाहिरहेका छैन । अहिलेसम्म शोले तीन लीप लिइसकेको छ । पछिल्लो पटक धेरै कलाकारहरुले शोमा इन्ट्री गरिरहेका छन् भने केहीले शो समेत छोडिसकेका छन् ।

Advertisement

Post a Comment

 
Top