Advertisement
![]() |
तर, ध्यान दिनुहोस्, महिनावारीका दौरान सेक्स गर्न महिला साथीको इच्छा पनि हुनुपर्छ । र कुनै कारणवश हिच्किचाहट हुन्छ भने कण्डमको प्रयोग गर्न सकिछ ।
जुन पदार्थलाई तपाईं वीर्य सम्झिइरहनुभएको छ, त्यो वीर्यमात्र हुँदैंन । वीर्य त तपाईंको लिंगबाट निस्कने तरल पदार्थको ०.१देखि १ प्रतिशतमात्र हुन्छ । बाँकी त फ्लुड सेमिनल भेसिकल्स र प्रोस्टेटबाट आउँछ । यदि यसलाई शरीरबाट बाहिर ननिकाल्ने हो भने आफसेआफ बाहिर निस्कन्छ । यसरी दैनिक वीर्य निकाल्दा शरीरमा कुनै समस्या निम्तदैन । यदि कमजोरी महसुस गर्नुहुन्छ भने बाल्यकालदेखि नै मष्तिष्कमा बसेको गलत धारणा हो । एक थोपा वीर्य बन्न एकसय थोपा रगत आवश्यक हुन्छ भन्नेजस्ता गलत धारणा छ । वीर्य चौबिसै घण्टा बन्नका लागि नै बन्ने हो । यसलाई जमाएर या सन्चित गरेर राख्न असम्भव छ । वीर्य र आँखाबीच पनि कुनै सम्बन्ध हुँदैंन ।तर, यस्ता गलत धारणाबाट पैदा भएको तनावले शरीरको चमक भने हराउन सक्छ ।
चाँडै चरमोत्कर्षमा पुग्ने समस्या पुरुषको मात्र भएको धारणा पनि गलत हो । वास्तवमा महिला पनि चाँडै चरमोत्कर्षमा पुग्न सक्छन् । महिलाले सेक्सभन्दा एक घण्टा खाने औषधि छ, त्यो खाएपछि चाँडै चरमोत्कर्षमा पुग्ने समस्या हट्छ । यद्यपि यो अस्थायी उपचार हो । यसको स्थायी समाधानका लागि कुनै योगविज्ञको मद्दतबाट बज्रोली र अश्विनी मुद्राको अभ्यास गर्न सकिन्छ । यो मुद्राबाट चाँडै स्खलनका जिम्मेवार मानिएको मांसपेशीलाई नियन्त्रण गर्न सकिन्छ ।
Advertisement
![]() |
Post a Comment