0
Advertisement

११, दुबई । चार दिन पहिले पर्यटकीय भिसामा युएई आएका रुपन्देही घर भएका २४ वर्षे दिपेश सुनारको युएईमा बिहीबार हृदयघातको कारण ज्यान गएको छ ।

उनी दुबईमा काम गर्ने साथीको सहयोगमा पर्यटक भिसामा दुवई पुगेका थिए । उनी बिहीबार युएईको आबुधाबीमा आफ्ना काकालाई भेट्न गएका थिए । भेटघाट गरेर खानपान सकेर सुतेका सुनारलाई तीन बजे छटपटाएको देखेर साथी बोलाएको काका धनबहादुर सुनारले बताउनुभयो । उहाँका अनुसार साथी बोलाएर आउँदा दिपेशको ज्यान गईसकेको थियो ।

सुनारको शव आबुधाबीको खालिफा हस्पिटलमा राखिएको दलित सन्जाल युएईका अध्यक्ष बिनोद विश्वकर्माले बताउनुभयो । सुनार योभन्दा पहिले रोजगारीका लागि रसिया जानु भएको थियो । सुनारको परिवारमा आमा, गर्भवती श्रीमती र १ छोरा छन् ।

शव नेपाल ल्याउन समस्या
सुनारको शव नेपाल ल्याउन समस्या परेको छ । पर्यटक भिसामा रहँदा ज्यान गए शव सम्बन्धित मुलुक पुर्याउन खर्चिलो हुन्छ । यसरी ज्यान गुमाउनेको शव नेपाल लैजाँदा लाग्ने खर्च आफन्तले जुटाउनु पर्छ ।

धेरै पैसा लाग्ने भएकाले सुनारको शव कसरी नेपाली पठाउने भन्ने समस्या भएको छ । मृतकका मामा शंकर शर्माले शव नेपाल पुर्याउन सक्दो सहयोग गरिदिनुहुन युएईमा रहेका संघसंस्थालाई अनुरोध गरेका छन् ।

Advertisement

Post a Comment

 
Top