0
Advertisement

ठमाडौं । उनलाई चार–पाँच महिनाअघि ओम अस्पतालबाट डिस्चार्ज हुनेबेला डाक्टरले अन्तिम चृनावती दिएका थिए, रक्सी छुँदै नछुनु । रक्सी खाएर मकहाँ फेरि नआउनू उनले केही साता डाक्टरको सल्लाह माने, औषधी पनि नियमित सेवन गरे ।

साथीहरुसँग भेट्दा र कसैले अलिकति भए पनि पिउ न भनेर आग्रह गरेमा उनको मन थामिदैन थियो र रक्सी छोड्नु र सुरु गर्नु उनका लागि नयाँ कुरा थिएन । अन्तत उनी डाक्टरको अन्तिम चेतावनीलाई वेवास्ता गर्नपुगे । र उनको ज्यान नै गुम्यो । उनी अर्थात खेमराज गुरुङ अब मामीमाझ गीतहरुमामात्र जीवित रहनेछन् ।

विगत ११ दिनअघि जन्डिस विग्रेपछि गुरुङलाई चाबहिलको मेडिकेयर अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएको भोलिपल्ट उनलाई स्यहार्न उनकी पत्नी हङकङबाट आएकी थिइन । उनलाई आइसीयूमै राखिएको थियो ।

मलाई कहिले आइसियूबाट निकाल्छन् छिटो निस्किन पाए हुन्थ्यो विदेशमै उपचार गर्नुपर्ने अवस्था आयो भने के गर्ने होला सहित्यकार तथा प्राज्ञ शशि लुमुम्बुसँग मंगलबार बेलुकी उनले चिन्ता व्यक्त गरेका थिए ।
नभन्दै कलेजो प्रत्यारोपणका लागि उनलाई एयर एम्बुलेन्सबाट दिल्लीको मेदान्त अस्पताल लैजाने योजना तय भयो । बिहीबार विहानदेखि उनी भेन्टिलेटरमा थिए । बिहीबार दिउँसो दिल्ली उडाउने तयारी थियो । पछि चिकित्सकले स्वास्थ्यमा केही सुधार आएमात्र दिल्ली लैजान मिल्ने बताएपछि योजना रद्ध भयो ।

धेरै संगीकर्मी र प्रशंसकहरु बुधबार र बिहीबार उनको स्वास्थ्यलाभको कामना गरिरहे । तर उनको अवस्था सुध्रिएन । बिहीबार साँझ ५ः ५० बजे मेडिकेयर अस्पतालमै ४२ वर्षको उमेरमा उनको निधन भयो । आजको नागरिक दैनिकमा समाचार छ ।

Advertisement

Post a Comment

 
Top