0
Advertisement

काठमाडौं, १२ भदौ - पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीको शनिबार निधन भएको छ। 

तत्कालिन राजा ज्ञानेन्द्र शाहको पालामा महिला तथा बालबालिका मन्त्री रहेका पूर्वमन्त्री खपाङ्गीको ७० वर्षको उमेरमा बाँसबारीस्थित न्यूरो अस्पतालमा शनिबार राति १०:२० मा निधन भएको अस्पतालले जनाएको छ।

शनिबार दिउँसो पिसाबमा
समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो। ललिपुरको नख्खुमा बस्दै आएका उनको उपचारपछि स्वास्थ्यमा सुधार नआएपछि न्यूरो अस्पताल लगिएको थियो। 

राजनीतिमा प्रखरवक्ता रहेका खपाङ्गी पञ्चयातकालमा १४ महिला जेल जीवन बिताएका थिए। २०४७ सालमा नेकपा (माले) परित्याग गरेर उनी आदिवादीरजनजाति समुदायको पहिचानको आन्दोलनको नेतृत्व गरेका थिए।

उनको आज पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।

Advertisement

Post a Comment

 
Top