Advertisement
![]() |
११ – भूकम्पमा परि ज्यान गुमाएको सम्झनामा इटालीमा एक दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । इटाली सरकारले भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा शनिबार एक दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।

शनिबार राष्ट्रिय झण्डा आधा झुकाइने छ । बुधबार बिहान गएको ६ दशमलव २ रेक्टर स्केलको भूकम्पमा परि अहिलेसम्म दुई सय ८१ जनाको ज्यान गएको पुष्टि भएको समाचार संस्था रोयर्टसले जनाएको छ ।

यस्तै भूकम्पमा परि ज्यान गुएका झण्डै ४० जनाको सामूहिक अन्तिम संस्कार गरिएको छ । उद्धार तथा राहतको काम अझै पनि जारी छ । केही ठाउँमा भने जीवतको खोजी गर्ने क्रम रोकिएको छ ।

भूकम्पमा परि घाइते भएका तीन सय ८८ जनाको उपचार भइरहेको र त्यस मध्ये ४० जनाको अवस्था गम्भीर रहेको रोममा रहेको नागरिक सुरक्षा विभागले जनाएको छ ।

Advertisement
![]() |
Post a Comment