0
Advertisement

 काठमाडौं । प्राय पुरुषहरुले सोच्छन कि मेरो श्रीमती वा प्रेमीका सन्तुष्ट नै होलीन खुशी नै होलीन किनकि मैले राम्रै लगाउन दिएको छु मिठै खान दिएको छु । तर,महिलाहरुलाई राम्रो लगाउन दिएर र मिठो मिठो खान मात्र दिएर पुग्दैन भन्ने विभिन्न अध्ययनले देखाइसकेको छ । हरेक मानिस प्रशंसाको भोको हुन्छ चाहे त्यो महिला होस वा पुरुष ।

विशेष गरि प्रेम विवाह गरेका जोडीहरुमा यस्तै खाले सोचले मनमुटाव र असन्तुष्टि फैलिएको हुने गर्दछ । तर, तपाईले चिन्ता लिनु पर्दैन श्रीमती वा प्रेमीकालाई खुशी पार्न वा फकाउन त्यत्रो कठिन केही काम गर्नुपर्दैन सामान्य ५ सुत्र लाई दैनिक फलो गर्नुस तपााइको प्रेमीका वा श्रीमती मक्ख पर्नेछिन र तपाइको पारिवारिक जीवन सुखमय बन्दछ । जान्नुहोस प्रेमीका वा श्रीमतीलाई फकाउने ५ सुत्रहरु के हुन् ?


१। दिनमा एकपटक भन्न नभुल्नुस् तिमी निकै राम्री छौ है । 
२। घरबाट निस्कने बेला आई लभ यू वा आइ मिस यू भन्न नभुल्नुस । 
३। कुराको प्रसंगमा तिमी मेरो जिन्दगीमा आउने पहिलो र अन्तिम महिला हौ भन्न नविर्सनुस् । 
४। तिमी मेरो प्रेमीका र पत्नीमात्रै होइन, सबैभन्दा राम्रो साथी हौ भन्ने गर्नुस् । 
५। म भाग्यमानी हुँ, किनकी मैले तिमी जस्ती प्रेमीका वा पत्नीको साथ पाएको छु भन्न नभुल्नुस् ।

यी ५ कुरा जति सुनेपनि उनीहरुलाई कम नै हुन्छ । आफ्नो जीवनसाथीबाट यस्तो कुरा सुन्न पाउनु भनेको उनीहरुलाई सुनै सुनको बिछ्यौनामा सुताएर चौरासी व्यञ्जन खुवाउनु सरह हो ।

Advertisement

Post a Comment

 
Top